अभिलेख व्यवस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा संचालित २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम सम्पन्न भएको छ ।

सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको तालिम समापन कार्यक्रम सिएमसी कैलालीका महासचिव रुद्र प्रसाद खनालले संचालन गर्नुभएको थियो भने संस्थाको आगामी योजना तथा कार्यक्रमका विषयमा सिएमसी कैलालीका कोषाध्यक्ष प्रकाश कुमार जोशीले जानकारी दिनुभएको थियो ।

समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट तालिमको विषयमा समिक्षा सहित बलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेड लम्कीका व्यवस्थापक ललित कुमार न्यौपाने र जागृत महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, साडेपानीका व्यवस्थापक चन्द्रा चौधरीले मन्तव्य राख्नुभएको थियो ।

शुक्रबारको तालिममा सहकारी प्रशिक्षक तथा सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशी र महासचिव रुद्र प्रसाद खनालले सहजिकरण गर्नुभएको थियो । तालिमसँगै सहभागिहरुलाई अभिलेख व्यवस्थापन लगायत विषयवस्तुहरुमा थप जानकारी लिन साडेपानी क्षेत्रमा रहेका चुलीमालिका बचत तथा ऋण सहकारी र तीला कणर्ाली बचत तथा ऋण सहकारी संस्थामा अवलोकन समेत गराइएको थियो ।

सिएमसी कैलालीले विशेष गरेर कैलाली जिल्लामा सहकारी शिक्षा तथा कर्मचारी तथा सहकारीकर्मी हरुको आवश्यकता अनुसार विभिन्न तालिमहरु संचालन गर्ने मुख्य उदेश्य रहेको सिएमसी कैलालीका अध्यक्ष जैशीले जानकारी दिनुभयो ।

तालिममा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट २२ जना सहकारीका व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सिएमसी कैलालीको तर्फबाट तालिमको व्यवस्थापन सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारी र कार्यसमिती सदस्य विष्णु प्रसाद उपाध्यायले गर्नुभएको थियो ।

ताजा खबर

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

The Ultimate Guide to Online Casino 10 Minimum Deposit UK

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

सम्बन्धितखवर

छुटाउनु भयो कि !