TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

५ दिन बितिसक्दा पनि भएन निर्वाचन नेतृत्व चयनका लागि

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/नेकपा एमाले कैलालीको अधिवेशनमा जात्रा भएको छ । फागुन ६ गते शुरु भएको अधिवेशन ५ दिन बितिसक्दासम्म सम्पन्न हुन सकेको छैन । पार्टी अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्दै अधिवेशन २ दिनभित्र सम्पन्न गर्न निर्देशन दिइएको भएपनि ५ दिनसम्म मतदान शुरु हुन सकेको छैन । उनले सहमति भए आइतबार नै नभए सोमबार बिहानै निर्वाचन गर्न निर्देशन दिएका थिए ।


अधिवेशनको पाँचौ दिन तेश्रो पटक सुचना जारी गर्दै बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्काे सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियोे तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ । एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् । कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

असफल कामको निरन्तरता होइन, क्रमभंगता आवश्यक छ – सभामुख अर्याल

धनगढी/प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद र सरकारले काम गर्दा निरन्तरता होइन, क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताएका छन् । अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को शनिबार टीकापुरमा उद्घाटन

अझै पढ्नुहोस्

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार

अझै पढ्नुहोस्
समाचार

परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको एउटै स्वरसुदूरपश्चिममा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय समुदायलाई निधक्क भएर सुदूरपश्चिम प्रदेशमा लगानी गर्न आग्रह गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन

अझै पढ्नुहोस्