३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल आधारभुत विद्यालय नारायणपुर को “३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा ३ अध्यक्ष कृष्ण प्रसाद गौतमले यस बिधालय यहाका स्थानीय बासिन्दाहरुको चन्दादाता , दान दाताहरुको सहयोगमा आज सम्म चलिरहेको छ , ,स्थापनाको ३४ वसन्त पारगर्दा बिधालयले निकै चुनौती सामाना गरेर धेरै दक्ष जनशक्ति उत्पादन गरेको छ , यहाँ बाट शिक्षा लिएका बिद्यार्थीहरु अहिले सरकारी सेवा लगायत बिभिन्न क्षेत्रमा काम गरि बिधालयको गरिमा बढाएको देख्दा खुसी लाग्छ , ।

ग्रामीण क्षेत्रमा रहेर गुणस्तरीय शिक्षा ,समय सापेक्ष रुपमा चलेको छ सामुदायिक बिधालय भए पनि पढाई राम्रो हुने भएकाले बिद्यार्थीहरु संख्या बढी रहेको छ ,। बिधालयमा अझै पुस्तकालय , खानेपानी , सौचालय निर्माण जस्ता कार्यमा आउँदा दिनहरूमा वडा बाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा पदम राज गौतम , जगनारायण चौधरी , मनिराम ढुंगाना , लगायतका बक्ताहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, विद्यालय हातामा सरस्वती मन्दिरको स्थापनार्थ आर्थिक सहयोग प्रदान गर्ने दान दाताहरूलाई सम्मान, अभिभावक खेलकुद, र अतिरिक्त क्रियाकलाप बिजय भएका विद्यार्थीहरुलाइ पुरस्कार वितरण, विभिन्न साँस्कृतिक प्रस्तुती आदि क्रियाकलापहरू गरिएको थियो ।


कार्यक्रममा बिधालयका प्रधानाध्यापक अस्मिता जोशिको सभाप्तित्वमा भएको कार्यक्रम सन्चालक शिक्षक काशिराम जोशी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बजेट बिनियोजन भएको ७ बर्ष पछि सुखडमा सुविधा सम्पन्न आवासीय भवनको शिलान्यास

सुखड: कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा फरक क्षमता भएका विद्यार्थीहरूका लागि निर्माण हुने विशेष आवासीय भवनको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम नगर

अझै पढ्नुहोस्
समाचार

प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्ध तीन दिन तालिम सप्पन्न

धनगढी ,जमुना न्युरे / कैलाली जिल्लाको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ । नेपालको सन्चार क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् ।

अझै पढ्नुहोस्
राजनीति

कमल थापाले त्यागे राप्रपा

काठमाडौं / कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन्

अझै पढ्नुहोस्