११औं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ ।

सामुदायिक बनका अध्यक्ष पार्बती न्युरेको सभापतित्वमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा ३ का वडा अध्यक्ष कृष्ण गौतम प्रमुख अथिती रहेका थिय ।
प्रमुख अथितिको आसन बाट बोल्दै गौतमले सामुदायिक बनको भवनको निर्माणका लागि वडा बाट आफुले सहयोग गर्ने प्रतिबद्धता गरे ,सामुदायिक बन बाट महिलाहरुको नेतृत्व बिकास ,आय आर्जन जस्ता कार्यक्रम गर्नु पर्ने जोड दिए ।


सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो अपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सब डिभिजन वन कार्यलय सुखडका ज्ञान बहादुर चौधरीले सामुदायिक वनले सामुदायिक बनको बिधान अनुसार , कार्ययोजना अनुसार आम्दानीको खर्च गर्नु पर्ने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाइ सहज भएको चौधरीले बताए ।

कार्यक्रममा सामुदायिक वनका सल्लाहकार सदस्य लक्ष्मी प्रसाद न्युरे , थाह्रा सामुदायिक वनका अध्यक्ष बिहरी लाल चौधरी , सल्लाहकार हिक्मत बिष्ट लगायत बक्ताहरु शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक बर्ष २०७९/२०८० को ५ लाख एकासी हजार दुई सय बहत्तर रुपैया बराबरको आयब्यय समुहका सचिब इश्वरि पन्तले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महिला नेत्री बिसिले गरिन पुर्ब मन्त्री सिंहको सम्झनामा फलफूल बितरण र कल्याणकारी कोषमा रकम जम्मा

जमुना न्युरे/जन्मदिनमा धेरैले केक काटने, पार्टी भोज मनाउने फजुल खर्च बढी गर्ने कार्यको होडबाजी चलिरहेको बेला एकजना महिला नेत्रीले भने आफ्नो जन्म दिनमा दिवंगत आफ्ना

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

टीकापुर/लम्पी स्किन रोग गाई गोरु / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने

अझै पढ्नुहोस्
समाचार

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनि

जमुना न्युरे,सुखड/ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशनी गरिएको छ । अन्र्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनी गरिएको

अझै पढ्नुहोस्
समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्