TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएनन

शेयेर गर्नुहोस

धनगढी/कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् ।

नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गर्नुभयो ।

“साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो”, धामीले भन्नुभयो, “तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।” गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् ।

लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । “हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं ।” उहाँले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताउनुभयो । “काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ, न पारिश्रमिक आउँछ”, भट्टले भन्नुभयो, “महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।”

गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताउनुभयो । “माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ”, भण्डारीले भन्नुभयो, “स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।” उहाँले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ ।

विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जे एन जि को आन्दोलनले पुरानो भवन ढलेर खरानी

धनगढी । सबैभन्दा पुरानो प्रशासनिक भवन कैलालीमा रहेको नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो । राणाकालीन समयमा निर्माण

अझै पढ्नुहोस्
समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु

धनगढी /कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्। बेलौरी नगरपालिका वडा नम्बर

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्

धनगढीलाई महानगरपालिका बनाउने प्रक्रिया तीव्र रूपमा अघि बढ्दै

धनगढी/धनगढीलाई महानगरपालिका बनाउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। सरकारले सातै प्रदेशमा कम्तीमा एक-एक वटा महानगरपालिका स्थापना गर्ने नीति लिएको सन्दर्भमा सुदूरपश्चिमको प्रमुख सहर धनगढीलाई

अझै पढ्नुहोस्