हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएनन

शेयेर गर्नुहोस

धनगढी/कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् ।

नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गर्नुभयो ।

“साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो”, धामीले भन्नुभयो, “तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।” गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् ।

लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । “हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं ।” उहाँले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताउनुभयो । “काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ, न पारिश्रमिक आउँछ”, भट्टले भन्नुभयो, “महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।”

गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताउनुभयो । “माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ”, भण्डारीले भन्नुभयो, “स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।” उहाँले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ ।

विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्
खेलकुद

फागुन १९ गते देखी गौरीगङ्गामा गोल्ड कप सुरु हुने

जमुना न्युरे,चौमला/कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको

अझै पढ्नुहोस्
समाचार

कुकुरको टोकाइबाट निलगाई घाइते

सुखड/घोडाघोडी नगरपालिका वडा न ५ मा रहेको श्री शिबज्योती सामुदायिक वन उपभोक्ता समूह बनखेतमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट निलगाइ घाइते भएको छ । सामुदायिक बनमा

अझै पढ्नुहोस्
कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्