TRENDING
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Next
Prev

हरेक वर्ष जस्तै यस बर्षको जलपन्छी गणना आज देखि सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /रेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० देखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पन्छीविद् सङ्घका बरिष्ठ चरा विद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले जानकारी दिए ।

उनले भने यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन कार्य हुनेछ। गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपन्छी गणना कार्य गरिएको थियो।  विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपन्छी गणना कार्य गरिने उनले बताए।

भारतीय महादिपमा एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले सुरु गरेको हो। यो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो। सन् १९८७ देखि नै नेपालमा पनि एशियाली जलपन्छी गणना कार्य नियमित रूपमा हुँदै आएको छ। नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो। त्यस पछि गणना कार्य निरन्तर रूपमा जारी रहेको छ।

चरा सरक्षण नेटवर्क कैलालीले बिगत सन २००७ देखि चराको अनुसन्धान ,अध्ययन ,अभिलेखिकरण ,बासस्थान सुधार , कृतिम प्रजनन केन्द्र स्थापना जस्ता काम हरु गर्दै आयको छ ।
यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपन्छीको प्रजनन्को अवस्था र जलवायु परिवर्तनको अवस्थाबारे जानकारी पाउन सकिने चौधरीले बताए ।

‘जलपन्छी गणना कार्यले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ,’ संयोजक पौडयाले भने, ‘यस गणना मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको सङ्ख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ।’ हरेक बर्ष जस्तै यश बर्ष पनि घोडाघोडी ताल तथा साहयक तालहरु , कैलाली जिल्लामा रहेका विभिन्न तालहरुमा पौषको २३ गते देखि २५ गते सम्म जलपन्क्षी गणाना गरिने जलपन्क्षी गणना साईट–कोअर्डिनेटर तथा चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी ले जानकारी दिए ।

जलपन्छी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको पौडेलले बताए ।

यसले रामसार महासन्धी, प्रवासी प्रजातिसम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पन्छी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपन्छी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धी तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुर्याउने पौडेलको बुझाइ रहेको छ।  

गत वर्ष सन् २०२४ मा गरिएको जलपन्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपन्छी रेकर्ड गरेका थिए।

यीमध्ये छ वटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए। वरिष्ठ पन्छीविद् पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिने छ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ। गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपन्छीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

स्थानीय रूपमा जलपन्छी गणना कार्य गर्नका लागि स्वयंसेवकको रूपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रूपमा खटाइएको छ।  

उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन्।

उत्तरी धुव्रमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन्।  

यहाँका ताल तलैया, नदीमा माछा, किरा फटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्ने कार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ।

नेपालमा हिउँदमा बसाइँसराइ गरी आउने जलपन्छीमा हाँसका विभिन्न प्रजाति, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Misty Casino’da Hangi Saatlerde Daha Çok Kazandırır: Efsaneler ve Gerçekler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को

अझै पढ्नुहोस्
समाचार

मंसिर २२ गतेदेखि सुदुरपश्चिम महोत्सव, ७० प्रतिशत तयारी

धनगढी/प्रत्येक वर्ष धनगढीमा आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत तयारी बारे जानकारी

अझै पढ्नुहोस्