TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

हरेक बर्ष जस्तै सुरु भयो घोडाघोडीमा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव

शेयेर गर्नुहोस

सुखड/कैलालीको विश्व सिमसार तथा नेपालको पहिलो बर्ड सेन्चुरि ( पन्क्षी अभय – आरण्य ) जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ । 

कार्यक्रम घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले उद्घाटन गरेका छन ।। घोडाघोडी नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छिमेकी पालिकाका प्रमुख तथा जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि ,  सघं सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा ७६ गाउँका भलमन्सा तथा चिराकी (चौकीदार) थारु कल्याणकारिणी सभाका केन्द्रदेखि जिल्लातहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा थारू संस्कृति झल्कने विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो । थारुहरुको मौलिक खाना ढिक्री, माछाको चटनी, गगँटा लगायत परिकार अतिथिलाई स्वागत गरिएको थियो ।

नगरप्रमुखले लवाङ्गी पूजाको विधिवधरुपमा दियोमा बत्ती बाली थारुहरुको देउताको प्रतिक घोरीघोराको प्रतिमामा छाँक (रक्सी) खाएर उद्घाटन गरेका हुन । नगरप्रमुख चौधरीले पालिकामा बसोबास गर्ने हरेक समुदाय जातजातीको परम्परा, संस्कृति जोगाउन र नयाँपुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । 

उनले मौलिक कला संस्कृति जगेर्नाका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुँदै आएको बताए । हरेक बर्ष राम – सीता बिवाह पञ्चमी तीथिमा गरिने थारु समुदायको परम्परागत लवाङ्गी पूजा यस बर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ । ९ गते पूजा हुने भनी ७ र ८ गते थारु समुदायको कला संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहने जनाइएको छ । 

घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको  संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको हो । 

यसअघि कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । समितिका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारु समुदायले पराम्परागत रुपमा मान्दैआएको लवाङ्गी पूजालाई व्यापक र प्रचारप्रसार गर्दै थारु समुदायको मौलिक कला संस्कृतिको जगेर्नाका लागि महोत्वसको आयोजना गरिएको बताए ।

उनले भने थारु समुदायको परम्परागत मौलिक संस्कृतिसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि विगतदेखि महोत्सवको रुपमा मनाउने गरिएको उल्लेख गरे ।

थारु समुदायले पराम्परागत रुपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देउतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको थारु कल्याणकारिणी सभाका सल्लाहकार तथा थारु अगुवा रामबहादुर चौधरीले जानकारी दिए ।

पश्चिम नेपालका थारु समुदायको ठुलो देउथलको रुपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइडमा सूचिकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारु र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुनेगरेको स्थानीय कृष्ण चौधरीले बताए । भाकल गरेकाहरुले लवाङ्गी पूजाको दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलन थारु गुरुवाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्