सुप साहित्य समाजले धनगढीमा प्रथम नाटककार पहलमानसिंह स्वार जयन्ती मनाइयो

शेयेर गर्नुहोस

धनगढी,सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली साहित्यका विराट प्रतिभा प्रथम वियोगान्त नाटककार स्व. पहलमान सिंह स्वारको १४६औँ जन्म जयन्ती मनाईयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले स्व. स्वारको योगदानको सम्मान गर्दै उहाँ कै स्मृतिमा समाजको भवनको नामाकरण पनि पहलमानसिंह स्वार स्मृति भवन गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य एवम् प्राध्यापक हरिकृष्ण कडायतले समारोहको उद्घाटन गर्दै स्वारको कृतित्व र व्यक्तितब माथि प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला मटेना गाउँमा जन्मेका स्वारले भाषा, साहित्य, सँस्कृती र शिक्षाको अवस्था दुरूह रहेको राणा शासनको समयमा विशिष्ट योगदान गर्नुभएको भन्नुभयो । नाटक दुखान्त नै हुदैन भन्ने पूर्वीय साहित्य परम्परालाई नयाँ मोड दिएर वियोगान्त नाटक अटल बहादुर रचना गरेर नेपाली नाटक लेखनको फाँटमा सुपलाई अग्रस्थानमा पुर्‍याउनु भएको गौरवमय पाटोको चर्चा गर्नु भयो ।

राज्यले स्व. स्वारको साहित्यिक, शैक्षिक र साँस्कृतिक योगदानको कदर स्वरूप पहलमानसिंह लोकमार्ग, जनस्तरबाट पुस्तकालय र कैलालीमा उहाको गाउँको नाम पनि पहलमानपुर राखिएको भन्नुभयो ।

सुप कला प्रतिस्स्ठानका महासचिव गुणाकर पनेरूले उनका कथा र नाटकको टेलीफिल्म निर्माण गर्ने सोच रहेको भन्नुभयो । साहित्य समाजका अध्यक्ष तीर्थराज पाडेयको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिवले गणेश नेपालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब

अझै पढ्नुहोस्
खेलकुद

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर

अझै पढ्नुहोस्
समाचार

जर्मनीका विद्यार्थीले गरे कैलालीको वनको अध्ययन

जमुना न्युरे,धनगढी/कैलालीमा रहेको ब्राहवन साझेदारी वनमा सालको पुनरुत्पादन राम्रो रहेको जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका एमएस्सी फरेष्ट्रीमा अध्ययनरत विद्यार्थीहरुको एक अध्ययनले देखाएको छ । धनगढीमा

अझै पढ्नुहोस्
समाचार

नारायणपुर उप शाखाकाे २९ औं उप-शाखा सभाकाे अधिवेशन सम्पन्न

नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे अधिवेशन सम्पन्न भएको छ । साेमबार नारायणपुरमा उप शाखाकाे २९ ओै उप शाखा सभाकाे अधिवेशन सम्पन्न भएको हाे ।

अझै पढ्नुहोस्