सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय सुरक्षा गोष्ठी सुरु

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताए। धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै गृहमन्त्री लेखकले सो कुरा भनेका हुन ।

सीमामा भइरहेका अपराध, लागूऔषधओसारपसार, विपद्का विषयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई विशेष महत्वका साथ हेर्न गृहमन्त्री लेखकले निर्देशन दिए।

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने,’यो गोष्ठी परिणाम ल्याउनका लागि गरिएको हो। परिणाम दिने गरी छलफल गरेर नागरिकलाई कुनै अवरोधविना सेवा प्रवाह गरिनु पर्दछ।’ गोष्ठीमा सेवा प्रवाह कसरी राम्रो बनाउने रु, अझ प्रभावकारी सेवा प्रवाह गर्न सुरक्षा निकायको के भूमिका रहने छ भन्ने कुरालाई गहन छलफल गरिने उनले बताए। उनले उप-निर्वाचनलाई पनि शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई निर्देशन पनि दिए।

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले  देशमा बहुलवाद सहितको संघीय व्यवस्था रहेको बताउँदै भने,’यसको कुनै विकल्प छैन।’ यो व्यवस्थामा जनअपेक्षा धेरै भएकाले नागरिकलाई उच्चस्तरको सेवा दिन जरुरी रहेको र त्यसकालागि थप गुणस्तरीय काम गर्नु जरुरी भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु आक्रमण, बाढी, पहिरो, डुबान जस्ता  दैवी प्रकोपका घटना बढेकाले त्यसको व्यवस्थापनको जिम्मेवारी पनि सुरक्षा निकायको काँधमा रहेको उनले बताए। सुदूरपश्चिममा दुर्घटनामा ठूलो धनजनको क्षति भइरहेकोले विशेष कार्य योजना बनाएर काम गर्न ट्राफिक प्रहरीलाई उनले निर्देशन दिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ। वार्षिकरुपमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठी विगत दुई वर्षदेखि सुदूरपश्चिममा हुन सकेको थिएन। दुई वर्षपछि सुरक्षा गोष्ठी यसपटक भएको हो।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्