सुदूरपश्चिम प्रदेशमा दोहोरीँदै शाह

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।

केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।

मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिएको छ । अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन्।

कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् । संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा टुङ्गो लगाउने जनाइएको छ । उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ ।

यता एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन । दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए । पुराना तीन जना मन्त्रीमध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले स्रोतको भनाइ छ । पुराना केही मन्त्री नयाँ सरकारमा सहभागी नहुँदा केही नयाँ मन्त्री समावेश हुने सम्भावना रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन् । आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।

ताजा खबर

Axe Casino Mobile Sessions: How Quick-Hit Players Keep Control Without Slowing Down

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर ८ मा रातिकाे समयमा डिजे लगायतका बाजा बजाउन राेक

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ रातिकाे समय डिजे लगायतका सबैखाले बाजा बजाउन नपाउने भएको छ । शुक्रबार राति चक्कु प्रहार गरि हत्या गरिएको स्थानमा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

बन डढेलो ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु

जमुना न्युरे,सुखड/कैलाली जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको छ । डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा

अझै पढ्नुहोस्
समाचार

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।  शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित

अझै पढ्नुहोस्