सुदूरपश्चिम प्रदेशमा गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गदै उनले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसंगको गठबन्त्रन जोगाउन मुख्यमन्त्री छोडन कांग्रेस तयारको बताए ।

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुतेसंगै एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । यता सरकार गठनका लागी निर्णयक बनेको नागरिक उन्मुक्ति पार्टिले मुख्यमन्त्रीको दावी गर्दै आएको छ । प्रदेशको विकाका लागी पद मात्रै ठुलो नभएको बताउदै उनले गठबन्धन जोगाउन कांग्रेस मुख्यमन्त्री पद छोड्न तयार रहेको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढीले गर्दा फेरिएको खेती प्रणालि

कैलाली जिल्लाको , भजनि नगरपालिका आजभोलि खेत बाझा देखिन थालेका छन् । बर्षातको समयमा मोहना , काढाँ , कान्द्रा नदिमा आएको बाढिले खेतबारी डुबाएर उब्जनि

अझै पढ्नुहोस्
राजनीति

अश्लील गाली गर्दै मन्त्री आलेले भने : तलाई मा….. त्यहिँबाट उठाउँछु ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा राष्ट्रिय परिचयपत्रकाे लागि नाम दर्ताकाे काम सुरु

कैलालीको टीकापुर नगरपालिकामा विहिवार देखि नेपाल सरकारकाे राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत नाम दर्ता गर्ने काम सुरु भएको छ । पहलाे चरणमा टीकापुर नगरपालिकाकाे वडा नम्बर

अझै पढ्नुहोस्
पर्यटन

अतिक्रमण हटाएको ठाउँमा वृक्षारोपण कार्य सम्पन्न

जमुना न्युरे ,सुखड/ कैलाली जिल्लाको घोडाघोडी नगर पालिका वडा न २र ३ मा पर्ने मोहन्याल सामुदायिक बनमा सब डिभिजन बन साडेपानी र स्थानीय उपभोक्ता हरुले

अझै पढ्नुहोस्