सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।

आजको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।

माओवादीका ६ सांसद उपस्थित भएनन् । स्वतन्त्र १ सांसदले कतै मत दिएनन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन् । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर आज बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

Stake Casino Login και Mobile Gameplay: Γρήγορες Συνεδρίες για Ταχεία Κερδίσματα Crypto

सम्बन्धितखवर

छुटाउनु भयो कि !