सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।

आजको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।

माओवादीका ६ सांसद उपस्थित भएनन् । स्वतन्त्र १ सांसदले कतै मत दिएनन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन् । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर आज बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सरकारले टीकापुर घटनाकाे मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई दियो निर्देशन

टीकापुर/ सरकारले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। सरकारले टीकापुर घटना सम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्
समाचार

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका

अझै पढ्नुहोस्
समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सीसीएस प्लस टु को साथ

जमुना न्युरे,धनगढी/ ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) ले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा

अझै पढ्नुहोस्