सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने

शेयेर गर्नुहोस

धनगढी – धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमको सह आयोजनामा प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुन लागेको हो । यही असार १० गते धनगढीमा प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुन लागेको सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप-कुलपति डा.टि एन जोशीले बताए ।

सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठान यहाँको कला, भाषा, साहित्य, पुरातात्विक सम्पदा लगायतको संरक्षण गरिरहेको छ उप-कुलपति जोशीले भने “सोही कार्यक्रम अनुरुप राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिम सगं सहकार्य गरेर हामीले प्रदेश स्तरिय लोक भजन प्रतियोगिता गर्न लागेका छौँ, मौलिक भजनहरु लोप हुँदै गइरहेका बेला मौलिक भजन प्रतियोगिताले संस्कृती संरक्षण सगैं लोक भजनको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिएका छौँ ।”

यही असार १० गते धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी मन्दिरमा भजन प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक हेमत्ना भट्टराइले बताइन् । १० गते बिहान ११ बजे कार्यक्रमको उद्घाटन हुने छ उनले भनिन् “१० देखी १५ टिम लोक भजन प्रतियोगितामा सहभागी हुने अपेक्षा लिएका छौँ, पहाडी जिल्ला लगायत कैलाली र कञ्चनपुरबाट बढी टिम सहभागी हुने हामीले अपेक्षा लिएका छौँ, यो प्रतियोगिताले हाम्रा मौलिक भजन संरक्षणमा महत्वपुर्ण योगदान दिने छ ।” प्रतियोगितामा प्रथम हुने टिमले नगद २०,००० दोश्रो हुनेले १५,००० र तेश्रो हुने टिमले १०,००० पुरस्कार प्राप्त गर्ने भट्टराइले बताइन् । प्रतियोगिता अवलोकनमा समेत सहभागीताका लागी उनले सबैमा अनुरोध गरेकी छिन् ।

प्रतियोगितामा सामाजिक संजाल, युटुबहरुमा आइरहेका भजन भन्दापनि हाम्रा मौलिक भजनलाई मात्रै समावेश गरिने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमका उपाध्यक्ष भिम बिष्टले बताए । भजन प्रतियोगीहरुले आ-आफ्नै भाषामा प्रस्तुत हुन पाइने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा

अझै पढ्नुहोस्
समाचार

नेपाल कर्मचारी युनियनको ३५ बुदे घोषणा पत्र जारी

धनगढी/धनगढीमा दुई दिन सम्म चलेको प्रदेश भेलाले कर्मचारी सेवा सुबिधा सहित विभिन्न मागहरु राखी ३५ बुदे घोषणा पत्र जारी गरेको छ । नेपाल निजामती कर्मचारी

अझै पढ्नुहोस्
समाचार

संरक्षणमुखी वन मात्र होइन सदुपयोग मुखी बनाएर दिगो बिकास गर्ने : मन्त्री चौधरी

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा दिगोवन ब्यबस्थापन सम्बन्धि दिगोवन ब्यबस्थापन सम्बन्धि अन्तरकृया तथा स्थलगत अवलोकन ३ दिने कार्यक्रम सुरु कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन

अझै पढ्नुहोस्
समाचार

नेपाल पूर्व प्रहरी संगठनले बुझाए कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र

धनगढी, २४ फागुन /नेपाल पूर्व प्रहरी संगठनले कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै

अझै पढ्नुहोस्