सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र घोडाघोडी क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने मूल नाराका साथ यही चैत्र १५ गते देखी २३ गते सम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा २० वर्ष उमेर समूहका १३ वटा टिमको सहभागिता रहने घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ्गले जानकारी दिए ।यस क्षेत्रमा फुटबलको चहलपहल बढाउने, खेलाडी उत्पादन गर्ने,सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरूलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ्गले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुँदा यस क्षेत्रको आर्थिक, सांस्कृतिक,पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धन हुने अपेक्षा आफूहरूले लिएको उनको भनाई थियो । पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।  प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो  स्थान हासिल गर्ने टिमले नगद ३५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने बताईएको छ । सम्पूर्ण खेलहरू गोल नेपाल बाट प्रत्यक्ष प्रसारण हुने छ ।

खेलहरू घोडाघोडी क्लबको रङ्गशालामा सञ्चालने हुने बताइएको छ । कार्यक्रममा नगर प्रमुख,निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १ का वडा अध्यक्ष,सदस्यहरू,घोडाघोडी क्लब पदाधिकारीहरू,विभिन्न क्लबका प्रतिनिधिहरू र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । अहिले घोडाघोडी क्लबले नयाँ खेलाडी उत्पादन गर्ने देखी एन्फा सँग सहकार्य गरेर क्लबले काम गरिरहेको छ । विभिन्न ठाउँमा हुने खेल प्रतियोगितामा सहभागी जनाएर क्लबले थुप्रै प्रतियोगिता समेत जित हासिल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम महोत्सव २०८० शुरु, लगाइयो प्रधानमन्त्रीलाई १० किलोको माला

धनगढी/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम महोत्सव २०८० को समुदघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री दाहालले धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

करारका कर्मचारीको कासमु हुने,८० भन्दा कम अंक ल्याए सम्झौता नविकरण नहुने

टीकापुर/ करारका कर्मचारीले पुर्ननियुक्ति हुँदा मूल्यांकनमा कम्तिमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ । स्थायी कर्मचारीहरुको बर्षेनी कार्यसम्पादन मुल्यांकन हुने तर करारका कर्मचारीहरु एक

अझै पढ्नुहोस्
समाचार

इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयाे ,जाेशिपुरका आशिसकाे सव साेमबार घर पुग्ने

टीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव भाेलि साेमबार बिहान मात्र घर

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ । सामुदायिक वन बन ब्यवस्थापन

अझै पढ्नुहोस्