सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा परिवर्तनका लागि कार्यरत युवा समुह (याक नेपाल)को आयोजनामा कार्यक्रम समपन्न भएको हो ।

वातावरण मैत्रि अभ्यास र जैविक प्रविधिको प्रवर्धन, संरक्षण र समुदायको अधिकार तथा भूमिकाको बिषयमा जन चेतना बढाउने,लक्षित वर्गको उपलब्ध श्रोत साधन माथिको पुहचका लागि वकालत तथा पैरवी गर्न क्षमता अभिवृद्धि गर्ने,समावेशि विकासको प्रवर्धनका लागि सरकारी तथा गैर सरकारी संघ संस्था संगको सहकार्य र साझेदारी बिकास गर्ने लगायतको उदेश्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा समुदायका परम्परागत जिविकोपार्जनका श्रोतहरुको पहिचान गरि उक्त कार्यहरु माथि बाधा पार्ने सामाजिक वातावरणीय र नीतिगत रुपमा असर पार्ने तत्वहरु पहिचान गरि सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गर्नका लागि छलफल गरिएको थियो ।


छलफलबाट सरकारका नीति तथा कार्यक्रमहरु लक्षित वर्ग मुखी नहुने,सुचनामा लक्षित वर्गको सहज पहुच नहुने,रैथाने तथा स्थानिय वालि संरक्षणलाई प्राथामितामा नराखिने, लक्षित बर्गका लागि तोकिएका कार्यक्रमहरु प्राप्त गर्न झन्झटिलो प्रक्रिया हुने लगातका सवालहरु पहिचान भएका थिए । कार्यक्रमको सहजिकरण परियोजना अधिकृत सर्जु चौधरी र बिनोद बहादुर सिंहले गर्नु भएको थियो ।


कार्यक्रममा सम्बन्धित वडाका महिला सदस्य, कृषक महासंघका केन्द्रिय सदस्य ओम आचार्य,बिभिन्न सामुदायिक वनका प्रतिनिधि,घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बम,चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरे,खाद्य अधिकार संञ्जाल घोडाघोडीका प्रतिनिधि,विद्यार्थि,शिक्षक, लगायतका अतिथि रहेका थिए ।
दिगो जिविकोपार्जनका लागि समावेशि बिकास परियोजना अन्तर्गत घोडाघोडी नगरपालिकाका सिमान्तकृत समुदायका लागि उक्त कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा घोडाघोडी नगरपालिकाका ४,५,८,१० वडाका सिमान्तकृत समुदायको सहभागिता रहेको थियो ।


यु एन डी पि को सहयोगमा याक नेपाल मार्फत यो परियोजना २०८१ जेठ २१ देखि यहि मंसिर अन्तिम सम्मका लागि घोडाघोडीमा लागु भएको हो । परियोजना अवधिभर लक्षित बर्गको क्षमता अभिबृद्धीका लागी अभिमुखिकरण, तालिम, गोष्ठि, संम्बाद, श्रव्य दृष्य सामग्रिको सहयोग तथा प्रयोग र श्रोतकेन्द्र स्थापना गरिने परियोजनाका फोकल पर्सन तथा याक नेपालका कार्यकारी निर्देशक डबल बमले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Experience the Thrills at Gransino Slots Casino Online

Gamblers Edge at Garrisonbet Casino Slot Machines

Strategies for Winning at Queenplay Casino Slot Machines

Nightwin Casino Slot Machine Strategies and Statistics

Winning Streaks at 1win Casino Slot Machines

Strategies for Successful Fatbet Casino Slot Machine Play

सम्बन्धितखवर

छुटाउनु भयो कि !