सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।
भदौ महिनाको अन्तिममा आयको कान्द्रा नदिमा आएको बाढिले भजनी नगरपालिका वडा ९ डोङ्गपुर मा आएको बाढीले १५ / २० घरपरिवार लाई बिस्थापित गरेको थियो ।

सामुदायिक बनमा केही दिनका लागि बाढी नघटदा सम्म अस्थायी रूपमा बस्ने दियको सामुदायिक बनका अध्यक्ष सुरेश चौधरीले बताए ।
उनले भने सुरुवात थोरै घरटहरा बाट बन अतिक्रमण सुरु गरि बिस्तारै बिस्तारै घरटहरा बाट १६१ घरटहरा बनाएको थियो ।
यता सामुदायिक बनले आफ्नो वनक्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउनका लागि समुहले पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गरायको समुहका अध्यक्ष चौधरीले बताए ।
आफुहरुले उठाउन नसके पछि सब डिभिजन बन कार्यलय पचमुडिया लाई जानकारि गरायको थियो ।सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरुलाइ २०७९/९/ ९ गते लिखित रूपमा ७ दिने सुचना गरियको सब डिभिजन बन कार्यलय पचमुडिया प्रमुख साह्ययक बन अधिकृत नितेश राज भट्टराईले जानकारी दिय ।

अतिक्रमण गरि बनायको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय पहमानपुर प्रमुख गोकुल प्रशाद रिजाल को नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका १सय ६१ घरटहरा हटाएको छ।

बाढिपिडितहरु भने आफुहरुलाइ अन्यत्र ठाउमा ब्यबस्थापन गरि दिनु पर्ने , कान्द्रा नदिमा नदि कटान रोक्न तटबन्ध गरिदिनु पर्ने स्थानीय शान्ती चौधरीले बताए ।

यता डिभिजन बन कार्यलय प्रमुख रिजाल भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऎन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुझाब सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको रे .पो भजनी सामुदायिक वन समन्वय समितिले सुझाव सन्कलन तथा अन्तरक्रिया कार्यक्रम आज सप्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल

अझै पढ्नुहोस्