सामाजिक व्यक्तित्व जैशीको निधन

शेयेर गर्नुहोस


सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको छ ।
४८ वर्र्षीय ढुंगाना कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० सालमा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । स्व जैशीको अहिले साढे नौ बजे कर्णाली स्थित सत्तीघाटमा अन्तिम संस्कार हुने जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।


स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति,सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्य समिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सहसभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् । स्व. जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्ति गरिएको छ । स्व. जैशीको अप्रत्यासित निधन प्रति सत्ती कर्णाली अनलाइन परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नि:शुल्क पाइने औषधी समेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे / कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
Highlights

सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियले गरे सडक अवरुद्ध

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ स्थित सिम्थरी माघि सडक अवरुद्ध भएको छ । वडा न ४ स्थित माघि,गैडाखेडा र रामपुरका स्थानियले कालोपत्रे

अझै पढ्नुहोस्