सामाजिक व्यक्तित्व जैशीको निधन

शेयेर गर्नुहोस


सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको छ ।
४८ वर्र्षीय ढुंगाना कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० सालमा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । स्व जैशीको अहिले साढे नौ बजे कर्णाली स्थित सत्तीघाटमा अन्तिम संस्कार हुने जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।


स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति,सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्य समिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सहसभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् । स्व. जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्ति गरिएको छ । स्व. जैशीको अप्रत्यासित निधन प्रति सत्ती कर्णाली अनलाइन परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Sites Canada Fast Withdrawal: A Comprehensive Guide

Ruleta Móvil para Android con Verificación: Todo lo que Necesitas Saber

Der Erfolg von Casino Slots mit Bitcoin ist nicht garantiert für alle Spieler.

SpinLynx – Ein Slot für das Abenteuer auf den Walzen

Ansprechende Unterhaltung bietet coolzino casino mit innovativen Spielangeboten und großzügigen Boni

Geniale Strategien für mehr Spaß und Erfolg mit dem rodeoslot bonus im Online Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लम्कीचुहा अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिका बीच असमझदारी

कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला

अझै पढ्नुहोस्