सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले आफ्नो विषयगत क्षेत्रभित्र परेको जनसरोकारका विविध विषयमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो ।

संसद् सहयोग परियोजना र संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्यमा समितिले सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पर्ने भूमि, कृषिसँग सम्बन्धित विषयलाई हेर्ने गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषय राखेका थिए । कार्यक्रममा दलित अधिकार मञ्चका सिर्जना पराजुलीले दलित सशक्तीकरण ऐन बनेको धेरै वर्ष भए पनि ऐन अन्तर्गतका समिति नबन्दा दलित समुदायको सशक्तीकरणमा समस्या भइरहेको बताए । एकल महिलासमेत रहनू भएका मानव अधिकारका लागि एकल महिला समूहका प्रदेश कार्यक्रम संयोजक वेद अवस्थीले प्रदेशमा एकल महिला जीवनोपयोगी नीति बनाउन आवश्यक रहेको औँल्याइन ।

लामो प्रयासपछि एकल महिला कोषमा १२ करोड रुपियाँ राखिए पनि नीतिगत समस्याका कारण त्यो रकम केन्द्रमै थन्केको उनको भनाइ थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी भइरहेका बेला सामाजिक विकाससँग सम्बन्धित अपरिहार्य विषयवस्तुमाथि छलफल गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको समितिका सभापति धर्मराज पाठकले बताए ।

ताजा खबर

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुन : अतिक्रमण हटाउँदै पुरैना तालको डिभिजन वन

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको १ बर्ष भित्र पुन अतिक्रमणको चपेटामा परेको ताललाई आज डिभिजन वन कार्यलय पहलमानपुर कैलालीले पुन :

अझै पढ्नुहोस्
खेलकुद

निसर्ग इन्डो – नेपाल जुगेडा कप २०८३ भलिबल प्रतियोगिता सुरु

धनगढी, २० असोज  / धनगढी उपमहानगरपालिका–१० जुगेडामा निशर्ग इन्डो-नेपाल जुगेडा कप–२०८३ भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन

अझै पढ्नुहोस्