साँस्कृतिक संघको घोडाघोडी नगर तदर्थ समिति गठन

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/नेपाल साँस्कृतिक संघ कैलालीको जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको संघले शुक्रबार घोडाघोडी नगरमा तदर्थ समिति गठन गरेको छ ।

नेपाल साँस्कृतिक संघ क्षेत्र न.३ का सभापति एवं संघका घोडाघोडी नगर संयोजक सम्पदा शाही बमको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सह महामन्त्री गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ! नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ,नेपाली काङ्ग्रेस कैलाली जिल्ला कार्यबाहक सभापति भिम बडुवाल, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रेखा देवकोटा विशिष्ट अतिथी रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सह-महामन्त्री गोपाल दत्त भट्टले पार्टीमा आन्तरिक प्रतिस्पर्धामा को बिजेता को उपबिजेता हुनु भयो त्यो सामान्य प्रजातान्त्रिक अभ्यास भएको बताउनु भएको छ ।

लोकतान्त्रिक पार्टीमा सर्बसम्मत बन्न नसकेपछि चुनावी प्रक्रियामा जता टिम समूह भएर चुनाव लडेर बिजेता हुँदा खुसी हुने उपबिजेता हुँदा दुखी हुने कुरा राम्रो नभएको बताउनु भयो । टिकट कस्ले पाउछ त्यो गौण कुरा हो हामी जो सुकैले पाउँदा पनि जित्नुपर्छ । हामी सबै एउटै डुङ्गाका सवार भएकाले कोही कसैले गडबड गर्नु भयो भने हामी सबै डुब्छौं त्यसैले सबै एक ढिक्का भएर लागि परौं हाम्रो जित निश्चित छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल साँस्कृतिक संघका प्रदेश संयोजक सुरत रावत( डोटेली कान्छा) , नेपाली काङ्ग्रेस कैलाली जिल्लाका कार्यबाहक सभापति भिम बडुवाल , महाधिवेशन प्रतिनिधि रेखा देवकोटा, जिल्ला सदस्य अमर खत्री,नेपाली काङ्ग्रेस क्षेत्र न.३ सदस्य कमल बम, नेपाली काङ्ग्रेस घोडाघोडी नगर उपसभापति मानबहादुर बिष्ट , नगर सदस्य निर्मला भण्डारी , नेपाली काङ्ग्रेस घोडाघोडी नगर पालिका वडा न.२ का सहसचिव जयराम भण्डारा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन दिपक ओझाले गर्नु भएको थियो ।

सो अवसरमा लोकतान्त्रिक स्रष्टा निर्मला भण्डारीको सभापतित्वमा ९ सदस्यीय नेपाल सांस्कृतिक संघ घोडाघोडी नगर तदर्थ समितिमा लोकशरा बिष्ट ,चुलराम चौधरी , सिद्धराज जोशी,राधिका चन्द लगायतलाई चयन गरिएको छ ।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !