सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष रेशम चौधरीलाइ अध्यक्ष बन्न राेक्न नसक्ने

शेयेर गर्नुहोस


टीकापुर/निर्वाचन आयोगले रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न नपाउने निर्णय गरे पनि सर्वोच्चको यसअघिको नजिरले भने उनलाई पार्टी अध्यक्ष बन्न रोक्न नसक्ने देखिएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्च अदालतबाट बदर नभएसम्म उनलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न रोक्न नमिल्ने कानुन व्यवसायीको तर्क छ ।गत २४ फागुनमा निर्वाचन आयोगले रेशमलाई पार्टी अध्यक्ष मात्रै नभई साधारण सदस्य पनि बन्न नपाउने निर्णय गरेसँगै उनी कानुनी उपचारका लागि सर्वोच्च जाने तयारीमा छन् ।

निर्वाचन आयोगले गरेको निर्णयअनुसार भनिएको छ, फौजदारी कार्यविधि संहिताको दफा १५९ (१०)मा राष्ट्रपतिबाट कुनै व्यक्तिलाई तोकिएको सजाय माफी, परिवर्तन वा कम भएकै आधारमा सम्बन्धित अदालतको फैसला बदर नहुने व्यवस्था रहेको उद्धृत गर्दै आयोगले भनेको छ, ‘सजाय माफी हुनु भनेको भोग्न वा असुल हुन बाँकी रहेको सजाय मात्र भोग्न नपर्ने वा असुल नहुने हो । फैसला बदर भएको भनी परिभाषित गर्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उप-महानगरपालिका नाला र खोल्सामा मिल्काउँछ फोहोर

नगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ । उप–महानगरपालिकाले नगरबासीको घरबाट शुल्क असुलेर फोहर उठाउने गर्दछ

अझै पढ्नुहोस्
समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्
समाचार

जंगली बदेल र चित्तलको मासु बरामद

धनगढी/कैलाली जिल्लाको धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको

अझै पढ्नुहोस्
समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्