सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार सघाउने नागरिक उन्मुक्ति पार्टी

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

‘हामी अहिले सम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ’ संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमल बहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् ।

आजको बैठकमा कैलाश चौधरी र टिका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम  चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरि छलफल गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको हो । 

अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले भने यस अघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेकी छन् । यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताए ।

नाउपाले केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ ।

ताजा खबर

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

Recognizing the Long Life of an ESA Letter

The Ultimate Guide to Playing Roulette Platform Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय हो : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा

अझै पढ्नुहोस्
खेलकुद

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौ /बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर छु : मुख्यमन्त्री शाह

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो । सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा

अझै पढ्नुहोस्