सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ ।

सुझाब सङ्कलन कार्यक्रम बोल्दै सुदूरपश्चिम प्रदेश उधोग , पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचीव प्रमोद भट्टराईले लालझाडी मोहना वनलाइ नेपाल सरकारले बि. स .२०६८ फागुन १५ गते जैविक मार्ग र सिमसार क्षेत्र भन्दै वन सरक्षण क्षेत्रको रुपमा घोषणा गरेको हो । लालझाडी मोहना वन मात्र नभएर एक महत्वपूर्ण जैविकमार्ग पनि हो जहाँ भारतको दुधुवा नेशनल पार्क हुँदै लालझाडी मोहना जैविक मार्ग हुँदै बन्यजन्तु निर्बाद रूपमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै पुन :लालझाडी मोहना हुँदै कैलालीको बसन्ता हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कतर्निया हुँदै वन्यजन्तु ओहोरदोहोर गर्ने गरेका छन् ।


अहिले लालझाडी मोहनाको ब्यबस्थापन योजना निर्माणको चरणमा रहेकाले यस्को सरक्षण सङै सदुपयोग कसरी गर्ने , वन ब्यबस्थापन प्रणाली सुख्खा खडा ,ढ्लापडा संकलन गर्ने कि निकुञ्जको जस्तो नराखेर परिमार्जित गर्दै लैजाने ,
।समुदायमा अधारित बन ब्यबस्थापन प्रणाली बनाउने कि , जनचेतना मुलक शिक्षा स्थानीय समुदायमा रहेका वनमा आश्रति आदिवासी ,जनजाति , दलित लक्षित वर्गका लागि कस्ता कार्यक्रम ल्याउने ताकी उनिहरुको जीवनस्तर उकासिनुका साथै सरक्षणमा ल्याउन सहज होस ।

मानव र बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्दै ,जैविक बिबिधता सरक्षणमा यसले मानव र बन्यजन्तुको सहअस्तित्व कार्यम गर्दै यसलाई अवसरको रूपमा लैजानु पर्ने ,बन्यजन्तु बाट भएको क्षतिलाई कसरी राहतको ब्यबस्थापन गर्ने जस्ता कुरा यो निर्माण हुने ब्यबस्थापन मा समेटिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय कंचनपुरका प्रमुख राम बिचारी ठाकुरले भने नेपाल सरकारले वन सरक्षण क्षेत्र घोषणा गरेको १३ बर्ष बितिसकेको छ । वन संरक्षण क्षेत्र भित्र पनि वन्यजन्तुको लागि आहार बिहार सङै बिचरण गर्न कोर क्षेत्र राखिनु पर्छ । सामुदायलाइ बन सरक्षण सङै सदुपयोग गर्न दिने योजनाहरु समेटिनु पर्छ , ताकी स्थानीयलाई सहजै सरक्षण ल्याउन सकियोस ।

स्थानीयलाई अपनत्व हुने गरि सिमसारमा आश्रीत लक्षित वर्गहरुलाइ आर्याआर्जनमा टेवा पुग्ने कार्यक्रम ल्याउनु पर्ने, वन सरक्षण क्षेत्रको कोरक्षेत्र भन्दा बाहिरको क्षेत्रमा वनको श्रोत सर्वेक्षण गरि रुखको माैज्दात र वार्षिक स्वीकार्य कटान परिमाण यकिन गर्दा मानव बन्यजन्तु बिचको द्वन्द्व कम हुने , समुदाय मानिसहरु दैनिक रुपमा वन पैदावर सदुपयोग गर्न प्रस्तावित कार्ययोजनामा समावेश गर्ने सुभाब दिए ।

कार्यक्रममा बोल्दै लालझाडी मोहना वन सरक्षण क्षेत्रका परिषद अध्यक्ष राज बहादुर ऎरले भने बन्यजन्तुले गर्ने क्षती राहतको लागि वडा कार्यलयले सिफारिसमा नगद दिने ब्यबस्था गर्नु पर्ने , वन सरक्षण क्षेत्रमा बन्यजन्तु नोक्सान कम पुर्‍याउने बाली लगाउन प्रोत्साहन गर्ने तथा त्यो उत्पादित वस्तुको बजारीकरण गर्ने जस्ता कार्यक्रम हुनु पर्ने , लालझाडी मोहना वन सरक्षण क्षेत्र बन्यजन्तुका लागी महत्त्वपूर्ण रहेको बताए ।


कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासघका (NFOFn केन्द्रिय महासचिव डण्डि राज सुबेदिले भने समिति काे सरचना समूह वाट प्रतिनिधि भई आयका मात्र अध्यक्ष उपाध्यक्ष, काेषाध्यक्ष हुन पाउनु पर्ने र लाभांश बितरणको खाका प्रष्ट हुनु पर्ने बताए ।

कार्यक्रम सामुदायिक समन्वय समिती कंचनपुर अध्यक्ष महेश दत्त जोशी , सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज बिष्ट , प्रदेश वन अनुसन्धान तथा तालीम केन्द्रका प्रमुख केशव राज पराजुली लगायतका वक्ताहरुले सुझाव दिएका थिए । कार्यक्रममा पशुपति कोइराला , बुद्धि रिजाल , शिव शर्माले सहजीकरण गरेका थिए ।

तराई भु – परिधी कार्यक्रम (ताल ) आर्थिक सहयोगमा ग्रीन गर्भनेश नेपाल काठमाडौको सहजीकरण भएको कार्यक्रम को किरण तिमिल्सिनाले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै

अझै पढ्नुहोस्
समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा कैफियत

धनगढी । खाद्य तथा दानालगायत विभिन्न वस्तुको मापदण्ड एवं गुणस्तर जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रयोगशालाको मापदण्डमै कैफियत देखिएको छ ।

अझै पढ्नुहोस्
समाचार

निकुञ्जमा एक हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार

अझै पढ्नुहोस्
राजनीति

कारवाहीको माग गर्दै प्रमुख जिल्ला अघिकारिलाइ ज्ञापन पत्र

जमुना न्युरे,धनगढी / कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घट्नाको चौतर्फी बिरोध भएको छ । सोमबार साझ भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

अझै पढ्नुहोस्