सरस्वती पूजामा सामुदायिक विद्यालयका विद्यार्थीलाई झोलासेट

शेयेर गर्नुहोस

जमुना न्युरे, धनगढी/धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १,२,३,४,५,६,११ र १३ का ८ वटा सामुदायिक विद्यालयका २ हजार १ सय १० छात्रछात्रालाई स्टेशनरी सामग्रीसहित झोला वितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित ‘पाण्डा प्याक’ परियोजना अन्तर्गत ग्रामीण क्षेत्रका सरकारी विद्यालयका कक्षा ईसिडीदेखि कक्षा आठसम्म अध्ययनरत बालबालिकाहरुलाई विद्यालय झोला, स्टेशनरी र स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सरस्वती पूजाको अवसरमा सीमान्तकृत समुदायका बालबालिकालाई कापी, कलम, तथा शैक्षिक सामग्री, टुथपेष्ट, ब्रस, टिफिन बक्स, थर्मस, तौलिया र झोला सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई वितरण गरिएको बताउँदै ठेकराज माध्यमिक विद्यालय घोडसुवाका प्रधानाध्यापक लेखराज ओझाले भने,‘यस्तो शैक्षिक सामग्री र स्वास्थ्य सामग्रीसहितको झोला पाउँदा सीमान्तकृत समुदायका बालबालिकालाई अध्ययनमा थप हौसला मिलेको छ ।’ झोला, कापी तथा कलम किन्नै नसक्ने समुदायका बालबालिकालाई यस्तो सामग्रीले अध्ययनमा सहयोग सिद्ध भएको उनी बताउँछन् । सरस्वती पूजाको अवसर पारेर रुडुकले आफ्नो विद्यालयका ३ सय ७६ विद्यार्थीलाई झोलासहितको सामग्री वितरण गरेको उनले बताए ।

धनगढी उपमहानगरपालिका भित्रका सबै वडामा रहेका सामुदायिक विद्यालयका बालबालिकालाई पठन पाठनमा सहयोग होस् भनेर झोला तथा शैक्षिक सामग्री वितरण अभियान थालिएको कैलाली क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए । निर्वाचन जितेपछि आफ्नो पहलमा यो क्षेत्रमा कार्यक्रम लागू गरि शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । 

‘निर्वाचनताका मत माग्न गाउँगाउँ जाँदा सामुदायिक विद्यालयका विद्यार्थीहरु हातमा किताब बोकेर विद्यालय गइरहेको देखेको थिएँ,’ उनले भने,‘त्यो बेला निर्वाचन आचार संहिताले झोला बाँड्न भएन, अहिले निर्वाचन जितेपछि एउटा कार्यक्रम नै ल्याएर झोला तथा स्टेशनरी वितरण अभियान थालेको हुँ ।’ आफ्नो निर्वाचन क्षेत्रमा सबै बालबालिकाले अनिवार्य निःशुल्क शिक्षा पाउन् र उनीहरुलाई चाहिने शैक्षिक सामग्रीको पनि अभाव नहोस् भनेरै यस्तो कार्यक्रम रुडुकमार्फत यहाँ लागू गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Establishments that Approve PayPal Deposits

Winning Strategies for the Casino Slot Machine Wyns

Atefia – Der Schatz der Göttinnen

Online Casino Lastschrift: Alles was Sie wissen müssen

Hotloot Slot Machine Gameplay Analysis

लोहरपुरमा अजिङ्गर फेला

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्