सदस्यता बिवाद नटुंगाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस युनियन आन्दोलनमा जाने

शेयेर गर्नुहोस


काठमाडौं/नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।


प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसारसदस्यता टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।


महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुशी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।
महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् । पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता युनियनले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सेती प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर

अझै पढ्नुहोस्
समाचार

धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेटको तयारी पूरा, ट्रफी सार्वजनिक

धनगढी/ धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा हुने स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । यही पुस १४ गतेबाट

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्
समाचार

बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ

अझै पढ्नुहोस्