सत्ती कर्णाली सामुदायिक वनकाे ३० औं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित कर्णालि सामुदायिक वन सत्तीकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बन सत्तीकाे ३० ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे । सामुदायिक वनका अध्यक्ष धनसिंह साउंदकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सुदुरपश्चिम प्रदेशका उद्योग,वन वातावरण तथा पर्यटन विकास मन्त्री रमेश धामी प्रमुख अथिति रहनु भएको थियोे ।


वनका उपाध्यक्ष पल बहादुर बस्नेतकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा संविधान सभा सदस्य हरि ज्ञावालि, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी, टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद, पत्रकार भिम बहादुर वि.क., लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी नारायणपुरका अध्यक्ष कपुरसिंह कडायत र समाजसेवि गाेविन्द प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । भने कार्यक्रम संचालन वनका सचिव परामकुस चाैधरीले गर्नुभएको थियोे ।


सामुदायिक वनले आफ्नो कार्य क्षेत्रका १४५ जना जेष्ठनागरिकलाई कम्मल वितरण गरिएको छ । खेलक्षेत्रमा याेगदान गर्ने यस क्षेत्रका खेलाडी माधव भण्डारी र लामो समय देखि वनमा काम गर्दै आएका कर्मचारीलाई सम्मान गरेकाे थियो ।


सामुदायिक वनले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ भने विकास निर्माणका काममा समेत सहकार्य गर्दै आएको छ ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !