घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे,घोडाघोडी /कैलालीको घोडाघोडी ताल क्षेत्रमा चरा गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुरु गरिएको हो । कैलाली जिल्लामा धेरै ताल तलैया रहे पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी क्षेत्र रहेको मानिन्छ ।

चरा संरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुसन्धान गर्दै आईरहेको छ । सोहि अनुरुप यस पटक पनि चरा गणना कार्य सुरु भएको हो । घोडाघोडीमा सुचक प्रजाती गणना बर्षको २ पटक गर्ने गरिन्छ । हिउद र गर्मि गरि छ /छ महिनामा गणना गरिन्छ ।


चरा संरक्षण नेटवर्क कैलाली,नेपाल पंक्षी संरक्षण सङ्घ, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको चरा गणनामा छ ।


चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहमा बिभाजन भई चरा गणना भईरहेको छ ।
घोडाघोडी ताल क्षेत्रमा चराहरु पहिले जति देखिन छोडेको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए । चौधरीले , “पहिला हजारौको संख्यामा चराहरु देख्न पाईन्थ्यो अहिले संख्या घट्दै गएको छ । घोडाघोडीमा अन्य ताल भएपनि घोडाघोडी ताल र नकरोड ताल चराको उचित वासस्थानका रुपमा रहेका छन ।
मानव गतिविधि कम हुने क्षेत्र नकरोडमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडी तालमा मानव गतिविधि बढी भएकाले र नकरोड तालमा चोरी सिकारी हुने भएकाले चराहरूको सङ्ख्या घट्दै गएको अध्यक्ष चौधरीले बताए ।


आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको नेपाल पंक्षी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले बताउए । आहार खाईसकेपछि चराहरुलाई आराम स्थल चाहिन्छ डगौराले भन्नुभयो, वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्या पनि घट्दो क्रममा छ ।


चरा गणनामा पुग्नु भएका डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको बताए । घोडाघोडी ताल नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको हो, तर अहिले सम्म प्रदेश सरकारले कुनै ध्यान नदिएको बताउदै ठाकुरले बताए ,डिभिजन बन कार्यलयको बन्दै गरेको पञ्च बर्षिय योजनामा संरक्षणका कार्यक्रमहरु ल्याउने छौ ।


सिमसार क्षेत्रमा आश्रित रैथाने, आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाई संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष घोडाघोडी क्षेत्रमा सुचक प्रजाती हरिहास , मगरगोहि र जङ्गलि धान गणना गर्ने गरिन्छ ।


नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा संख्या घट्दै गएपनि नया प्रजातिका चराहरु थपिने क्रम पनि जारी छ । घोडाघोडीमा ३८० प्रजातिका चरा पाइने गर्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २७ फाल्गुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।

ताजा खबर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

टीकापुर/लम्पी स्किन रोग गाई गोरु / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने

अझै पढ्नुहोस्