TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

सुझाब सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको रे .पो भजनी सामुदायिक वन समन्वय समितिले सुझाव सन्कलन तथा अन्तरक्रिया कार्यक्रम आज सप्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक वन समन्वय समितिका अध्यक्ष खोजराम चौधरीको सभापतित्वमा भएको थियो । कार्यक्रम को प्रमुख अतिथिको आसन बाट बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले भने
अब गर्मियाम सुरु हुँदै छ सामुदायिक बनहरुले बनजङगलमा हुने बन डढेलो नियन्त्रणका लागि समयमा नै अग्नि रेखा निर्माण , निर्माण गरिएका अग्निरेखाको सरसफाइ र मर्मत गर्नु पर्ने , चोरिसिकारी नियन्त्रण गर्नु पर्ने , सामुदायिक वनले समयमा नै साधारणसभा गर्नु पर्ने , सामुदायिक बनले एक्लै प्रयासले बन अतिक्रमण र सामुदायिक बनमा रहेका तालहरु ब्यबस्थापन गर्न नसके आफुहरुके अतिक्रमण हटाउन , तालको सरक्षण गर्न सधै सहयोग गर्न तयार रहेको बताए ।

उनले भने सामुदायिक वनलाइ अहिले राजस्व कार्यलय स्थायी लेखा न लिन लगाइ करको दायरामा ल्याउन खोज्दै छ तेसका लागि कसरी सहज र सरल तरिका बाट जान पहल गरिने , सामुदायिक वन आर्थिक रुपले पार्दशिता हुनु पर्ने सामुदायिक वनहरुले वन ऐन २०७६ को दफा २२ बमोजिम समुहले कार्ययोजना बमोजिम आर्जन गरेको बार्षिक आयबाट कम्तिमा २५% रकम बन बिकास, संरक्षण र व्यवस्थापन कार्यमा , कम्तिमा ५० % रकम स्थानिय तह सङ समन्वय गरि गरिबी न्युनिकरण, महिला सशक्तीकरण तथा उधम विकास कार्यमा हित हुने गरि खर्च गर्ने ब्यबस्था रहेको जानकारी दिए ।


कार्यक्रममा बोल्दै सब डिभिजन वन कार्यलय भजनीका प्रमुख मोहम्मद ताहा हुसैन मिकरानीले अब गर्मियाम बढे सङै सामुदायिक बनका उपभोक्ता हरु लाई जनचेतना जगाउनु पर्ने , चोरीपैठारी रोक्न वन कर्मचारीहरु सङ्ग समन्वय गरि गस्ती , प्रेट्रोलिङ गर्ने ,सामुदायिक बनका नियमित कार्यक्रम गर्ने , वन अतिक्रमण रोकथाम र खुल्ला चरिचरण नियन्त्रण गर्ने बताए ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासघ महासचिव डन्डी राज सुबेदिले सामुदायिक बन स्थायी लेखा नम्बर कैलाली मा ९५० सामुदायिक बन , पटक पटक सरकारले ल्याउने नीतिका कारणले अहिले सामुदायिक वनले दुख पाइरहेको छ । सामुदायिक वन आन्तरिक रुपमा खपत हुने काठ पैदावर बिक्री बितरण गर्दा राजस्व तिर्न नपर्ने , सामुदायिक बन मुनाफा कमाउने सस्था होइन त्यसकारण स्थायी लेखा लिदा चर्को राजस्व लिने होइन न्यून मै दिनु पर्ने मा जोड ।

कार्यक्रम मा बोल्दै राधाकृष्ण सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष खुम बहादुर खड्काले संरक्षणमा आफू लामो समय सम्म लागेको, सामुदायिक बन दर्ता गर्दा ,सरकार परिवर्तन हुदा बन कार्यलय परिवर्तन भएको छ , सामुदायिक बनमा प्रेट्रोल बाट चल्ने आरा चलाएको छ ।बसन्ता सरक्षित बन कार्यक्रम प्रभावकारी भएन , बसन्ता कोरिडोर दिन प्रतिदिन अतिक्रमणको चपेटामा , बन्यजन्तु चोरीशिकार भएको छ त्यसलाइ हेर्ने समितीले काम गर्न सकेन , सरक्षण गर्ने भन्दा राजनीतिक गर्ने थलो बन्यो बसन्ता बन ।पुरैना ताल पुन निमार्ण गर्न बन कार्यलयले गर्ने , तर ताल को ठेक्का लिदा चै नगरपालिका ले लिने , नगरपालिका ले जङ्गल जोगाएको छ र सरक्षण कार्यक्रम गर्न सकेको छैन ।


बन भित्र को ताल तलैया बन कै हो । कार्यक्रममा विभिन्न सामुदायिक बनका अध्यक्षहरु पदाधिकारीहरु बोलेका थिए ।
छलफल कार्यक्रममा बोल्दै पसुपती सामुदायिक बनका अध्यक्ष भिम बहादुर चौधरीले सामुदायिक बनमा उपभोक्ता ले भन्दा पनि बाहिर बाट हतियार सहित आउने सिकारीहरुले बन्यजन्तुको सिकार गर्ने गरेको , ताल तलैयाहरु स्थानीय तह ले ठेक्का लिएको छ , नदिको बगरमा रहेका सामुदायिक बनले कार्ययोजना नवीकरण गर्न सकेका छैन भजनी सामुदायिक वन समन्वय समितीले बेल जुश सहकारिलाइ लगानी गरेको छ , त्यसको शेयर लाभान्स , ॠण लगानी गरेको छ त्यसको असुली हुन सकेको छैन यसको समस्या सामाधान कसरी गर्ने लगायत कुरा राखेका थिए ।

कार्यक्रममा समन्वय समितिका उपाध्यक्ष दिपक चौधरी स्वागत गरेको कार्यक्रमको सन्चालन समन्वय समितिका सदस्य राहुल बुढाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महिलाको दिगो जीविकोपार्जनका लागि प्राविधिक तथा सामग्री हस्तान्तरण

महिलाहरूको दिगो जीविकोपार्जन पहुँच वृद्धि परियोजनाअन्तर्गत व्यवसाय विस्तारका लागि प्राविधिक तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानव अधिकारका लागि एकल महिला धनगढीद्वारा आयोजना

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
समाचार

जनताको काम नरोक्नुहोस काम गर्न नसके कारण दिनुहोस :मुख्यमन्त्री शाह

धनगढी/कैलाली जिल्लाको धनगढीमा भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेलाको प्रमुख अतिथिको आसनबोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कर्मचारीहरुलाइ जनताको टेबल आएको कामलाई

अझै पढ्नुहोस्

Волна — бонусы сегодня

Волна казино онлайн – установка приложения ▶️ ИГРАТЬ Содержимое Установка приложения: шаг 1 – выбор операционной системы Выбор операционной системы: что вам нужно знать Установка

अझै पढ्नुहोस्