संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

शेयेर गर्नुहोस

टीकापुर/ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको प्रधानमन्त्री देउवालाई माग पत्र बुझाइएको छ ।

कैलालीका बाढीग्रस्त क्षत्रकाे निरिक्षण गर्न शुक्रवार टीकापुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई साे माग पत्र पेश गरिएको हाे । जिल्ला र उच्च न्यायालयले गरेकाे निर्णय प्रती असन्तुष्ट भएकोले संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापनपत्रमा २०६२/०६३ देखि २०७२ सम्म भएका सम्पूर्ण संक्रमणकालीन आन्दोलनलाई राजनितिक आन्दोलन मानी टीकापुरकाे थरुहट आन्दोलनलाई पनि राजनितीक आन्दोलनकाे रुपमा लिइ टीकापुरका संघिय संसद रेशमलाल चाैधरी सहितका सम्पूर्ण थरुहट आन्दोलनकारीहरुकाे मुद्दा फिर्ता तथा निसर्त रिहाइको लागि पहल गरिदिन प्रधानमन्त्री देउवालाई माग पत्र बुझाएको छ ।

टीकापुरका स्थानीय नेता तथा समाजसेवी लक्ष्मण किशाेर चाैधरी लगायतकाे टाेलिले हस्ताक्षर गरेको साे माग पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई टीकापुर नगरपालिका वडा नं. ८ काे बनगाउँमा भएको बाढी पिडितहरुकाे भेटघाटकाे क्रममा साे माग पेश गरिएको थियाे । सो क्रममा प्रधानमन्त्रीलाई टीकापुर नगरपालिका लगायत विभिन्न पार्टीहरुका तर्फबाट बाढीले टीकापुरमा गरेको क्षतिको राहतका लागि ज्ञापन पत्र बुझाएका थिए ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जलवायु संकटको युगमा आस्था होइन, वैज्ञानिक चेतना आवश्यक

धनगढि,लबदेब धामी/हामी अहिले जलवायु परिवर्तनको सामान्य अवस्थाबाट अघि बढेर जलवायु संकटको युगमा प्रवेश गरिरहेका छौँ। समयभन्दा अगाडि गुराँस फुल्नु, काफल पाक्नु, हिउँदमा पर्याप्त चिसो नहुनु,

अझै पढ्नुहोस्