TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,टीकापुर/ कैलाली जिल्लाको टिकापुर नगरपालिकामा डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा र टिकापुर नगरपालिकाको सहयोगमा एक दिने सरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै कैलाली क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य गंगा चौधरीले कैलाली जिल्ला वन तथा जैबिकता विविधता भरिपुर्ण भएको जिल्ला हो ,जहाँ कर्णाली कोरिडोर , बसन्ता सरक्षित बन , टिकापुर पार्क ,बिश्व रामसार सुचिमा सुचिकृत तथा नेपालको पहिलो चरा अभय आरण्य ( वर्ड सेन्चुरी ) घोडाघोडी ताल , डल्फिन सरक्षण , सत्ती सामुदायिक बेतको उत्पादन , विभिन्न सामुदायिक वनमा रहेका प्राकृतिक सम्पदालाई पहिचान गरेर पर्या पर्यटनको बिकास गर्नु जोड दिए।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ ।जहाँ ताल क्षेत्रमा मानव सङै खेती योग्य जमिन परिणत भयको छ। पुरैना ताल पानी भयको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टर फैलिएकको ताल हो ।
मोहना नदिमा २०६५ सालमा आयको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८ , २०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।


अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आयका छन् । ताललाइ पुन: ताल निर्माणका लागि डिभिजन वनले प्रक्रिया अगाडि बढायको यस कार्यलाइ आफुले पुरै सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सासद घनस्याम चौधरीले कैलाली जिल्लाको भजनी र लालबोझी जोशिपुर लगायत ठाउँमा बर्सेनि बाढी र डुबान भै लाखौंको धनजनको क्षती हुने गरेको छ ।त्यसलाई रोक्नको लागि जब सम्म चुरेको सरक्षण हुदैन , चुरेको माटो चुरेलाई चुरेको पानी सबैलाइ हुने भएकाले चुरेको माथिल्लो तटिय क्षेत्र र तराईको तल्लो तटिय क्षेत्र सरक्षण कार्यक्रम गर्न जरुरी रहेको बताए ।चुरेको सरक्षण गरिएन भने भोलिको तराई भबिस्य नरहने , कैलाली कंचनपुर जिल्लामा सरकारले मुक्त कमैया शिबिरहरुमा रहेका सुकेका रुखको वन कार्यलय काट्न तथा ब्यबस्थापन नगरी दिदा हावाहुरीको समयमा सिबिरमा बसेका मुक्त कमैयाहरु रुख ढ्ल्ने ,भाचिने भन्ने त्रासमा बस्न बाध्य भएको र त्यसको प्रक्रिया पुगाएर वन कार्यलयले ब्यबस्थापन गरिदिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै भजनी नगरपालिका उपप्रमुख राजु तिरुवाले आफुहरु सधै वन तथा जैविक विविधता सरक्षणमा लागि परेको, डल्फिन सरक्षण , पुरैना ताललाई पुन निमार्ण गर्नका लागि वन कार्यलयलाइ आफ्नो पालिका बाट सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग , पर्यटन ,वन तथा वातावरण मन्त्रालयका प्रदेश सचीव जिबनाथ पौडेलले सरक्षण काम गर्ने सस्था डब्लु .डब्लु .एफ .(wwF ) बिचौलिया हो ।कैलाली जिल्ला स्थानीय जनताले सामुदायिक सरक्षण गर्दै जिबिको पार्जन , पर्या पर्यटन , होमस्टे जस्ता कार्यक्रम गर्दै आएका थिय तर सघियता आय पछि सरक्षण कार्यक्रम ओझेलमा परेको बताए ।

कार्यक्रममा बोल्दै चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले हामिले बर्सेनि योजना मात्र बनाउछौ बनाएका योजनाहरुलाइ कार्यनयन गर्दैनौ , घोडाघोडी तालालाइ सुदूरपश्चिम प्रदेश सरकारले निकै तामछामका साथ नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गर्यो , बसन्ता सरक्षित बन सरकारले घोषणा गर्यो तर अहिले सम्म कुनै कार्यक्रम ल्याइएको छैन, बसन्ता जैबिक मार्ग अतिक्रमणको चपेटामा पर्दा बन्यजन्तुहरु भारतको दुधुवा नेसनल पार्क बाट बन्यजन्तुहरु बसन्ता हुँदै कैलाली कंचनपुर ओहोरदोहोर गर्न सकिरहेका छैन । घोडाघोडी ताल अहिले मिचाहा प्रजातीले भरिएको छ , चुरेको सरक्षण भएको छैन ।


कार्यक्रममा तराइ भु – परिधी कार्यक्रम कोहलपुर प्रमुख लक्षमण पौडेलले , नेपाल पन्क्षी सघं हिरुलाल डगौराले ,
अन्तर्राष्ट्रिय जल ब्यबस्थापन पानी सस्थाका निल अर्यालले , इलम प्लस लम्की प्रकाश थापाले हाल सम्म आफ्ना सस्थाहरुले सरक्षण गरिएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको सभापतित्वमा र कार्यक्रम सरक्षणकर्मि बिजयराज श्रेष्ठले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे

अझै पढ्नुहोस्
समाचार

एक दिने अभिमुखिकरण तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी

अझै पढ्नुहोस्
लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्