TRENDING
The Ultimate Guide to Mobile Roulette Canada Safe Play
Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
4rabet – complete guide to the online casino for players in India
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Next
Prev

शान्ति र पुनर्निर्माणका लागि एकताबद्ध भएर जुटन आग्रह सभापति देउवा दम्पती माथिको भएको आक्रमण निन्दनीय

शेयेर गर्नुहोस

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले मंगलबार एक वक्तव्य जारी गर्दै Gen -Z आन्दोलन पश्चातको घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउनका लागि सबै पक्षसंग संयम, संवाद , एकता र भातृत्व कायम गर्न अपिल गरेको छ ।

प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले एक वक्तव्य जारी गर्दै Gen-Z आन्दोलनका क्रममा भाद्र २३ र २४ गते गरेको आन्दोलनका क्रममा ज्यान गुमाउनुहुने युवाहरू र राष्ट्रसेवक सुरक्षाकर्मी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै भनिएको छ , हाम्रो पार्टी नेपाली काँग्रेसका सभापति श्रद्देय श्री शेरबहादुर देउवा ज्यु र पार्टी केन्द्रीय सदस्य डा.आरजु राणा देउवा ज्यु माथी भएको सांघातिक हमलाको घोर भ्रत्सना गर्दछौं ।

सो सांघातिक आक्रमणमा परि घाइते हुनु भएका सभापति ज्यु र केन्द्रीय सदस्य ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । नागरिकको बोल्न पाउने अधिकारको रक्षाका लागि लडेका हाम्रो पार्टी सभापति उपर अमानवीय ढङ्गले भएको त्यो भौतिक आक्रमण दुःखद र निन्दनीय हो ।


Gen -Z को आन्दोलनको एजेन्डामा नरहेको सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत,देशका मुख्य सरकारी कार्यालयहरु, ब्यबसायीक प्रतिष्ठानहरु, सञ्चार गृह संगै देशका विभिन्न भू-भाग र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय संगै अन्य सरकारी कार्यालयहरु ,विभिन्न नगर/गाउँपालिकाहरु , हाम्रो सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय ,ब्यक्तिका निजि घरहरु , जिल्ला तथा क्षेत्रका पार्टी कार्यालयहरु लगायतमा भएको आगजनीले देशमा खर्बौंको संरचना ध्वस्त भएको छ ।

आन्दोलनका क्रममा घुसपैठ भएको Gen-Z ले पनि स्विकार गरेको अवस्थामा यस्ता कार्य गर्ने तत्वलाई तत्काल सरकारले कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही संगै देशब्यापी रुपमा भएको यो सम्पूर्ण विध्वंसको छानबिन गर्न उच्च स्तरीय आयोग गठन र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्न आग्रह गरेको छ ।

अहिलेको विषम एवं अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको छ । अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ कायम राख्दै संयमित भएर देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षसंग संयम र एकता साथ प्रस्तुत हुन अपिल समेत गरेको छ । साथै प्रतिनिधि सभा विघटन प्रती नेपाली काँग्रेस सुदूरपश्चिम कार्यसमितिले घोर आपत्ती जनाउदै सरकार गठन लगायत गरिने हरेक कार्य संबिधानमा टेकेर हुनुपर्ने र देशमा भएको ऎतिहासिक उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरु लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक ढिक्का हुन समेत नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति हार्दिक अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Mobile Roulette Canada Safe Play

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

4rabet – complete guide to the online casino for players in India

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साझेदारी बन ब्यवस्थापनका लागि डिभिजन बन पहलमानपुरको पहल सुरु

जमुना न्युरे,सुखड /डिभिजन बन कार्यालय पहलमानपुर कैलालीले साझेदारी बन ब्यवस्थापनका लागि पहल सुरु गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला निकायहरु संग एक कार्यक्रमका बिच छलफल

अझै पढ्नुहोस्
समाचार

पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा

अझै पढ्नुहोस्