शान्तिपुरस्थित फेला परेको बर्मी जातको अजिङ्गरको आज उद्धार

शेयेर गर्नुहोस

कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ।

कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए। वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।

उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ। यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ। समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार ऐडिद्वारा मानवसेवा आश्रमलाई सहयोग

जमुना न्युरे,धनगढी / धनगढीका पत्रकार रमेश ऐडिले मानव सेवा आश्रममा दिवा खाना सहयोग गरेका छन् । पत्रकार ऐडिले आफ्नी स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा

अझै पढ्नुहोस्
समाचार

चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे सुदूरपश्चिम बन्द गर्ने युवा संघ कैलालीको चेतावनि

जमुना न्युरे,सुखड / अनेरास्ववियुका नेता चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ कैलालीले चेतावनि दिएको छ । युवा संघ कैलालीले

अझै पढ्नुहोस्
राजनीति

स्थानीय निर्वाचनमा टीकापुरमा १५ वटा मतदान स्थल, ५२८७२ मतदाता

टीकापुर/टीकापुर नगरपालिका वडा नं. १ मा २ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र रहेका छन् । वडा नं. १ मा खड्ग स्मृति माध्यमिक

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकालाइ नगर साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकालाइ नगर साक्षर घाेषणा गरिएकाे छ । “साक्षर नेपाल,समृद्ध नेपाल र सुखि नेपाली” भन्ने मुल नाराका साथ टीकापुर नगरपालिका शिक्षा युवा तथा

अझै पढ्नुहोस्