विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण, हरित पर्यटनको प्रतिबद्धता

शेयेर गर्नुहोस


धनगढी/४७ औँ विश्व पर्यटन दिवस–२०२६ को अवसरमा धनगढी विमानस्थल परिसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्था तथा सरोकारवालाहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका छन।


‘स्वच्छ वातावरण, हरित पर्यटन र दिगो पर्यटन—हाम्रो साझा प्रतिबद्धता’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए।


कार्यक्रममा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर, नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंह, होटल संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशचन्द्र भट्ट, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेय, नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टलगायत पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो।


त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख डबलबहादुर बोहरा, धनगढी विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंह, बुद्ध एयर धनगढी स्टेशन प्रमुख बुद्धराम माझी, श्री एयर धनगढी स्टेशन प्रमुख गजेन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो।


वृक्षारोपणसँगै सहभागीहरूले पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले हरित तथा स्वच्छ वातावरण दिगो पर्यटन विकासको महत्वपूर्ण आधार भएकाले पर्यटन क्षेत्रका कार्यक्रमहरूमा वातावरण संरक्षणलाई समेत जोड दिनुपर्ने बताएका थिए।


आयोजकका अनुसार कार्यक्रमले पर्यटन र वातावरण संरक्षणबीचको सम्बन्धलाई बलियो बनाउँदै दिगो पर्यटन विकासका लागि सामूहिक प्रतिबद्धता अभिव्यक्त गरेको छ।


नाट्टा सुदूरपश्चिम प्रदेश संघ, होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश र होटल व्यवसायी संघ कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा वृक्षारोपणसँगै वातावरणीय सचेतना र दिगो पर्यटन विकासका विषयमा समेत छलफल गरिएको थियो।

ताजा खबर

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान

धनगढी/नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे

अझै पढ्नुहोस्