TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

कैलाली प्रहरीका अनुसार उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो। उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ। सचिव तथा अन्यलाई चोटपटक भने लागेको छैन। 

प्रदेश सचिव पौडेलका अनुसार वसन्ता क्षेत्र , पुरैना ताल लगाएतको अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट टोली फर्किएको थियो। फूलबारी क्षेत्रमा ५र६ जना युवाहरूले उनी सवार गाडीको पछाडिबाट ढुङ्गा हानेका थिए। 

प्रदेश सचिव जीवनाथ पौडेलले भने, ‘हामी वसन्ता क्षेत्रबाट फर्किदै थियो। वन क्षेत्रको अतिक्रमणको अनुगमनमा गएका थियौ। फूलबारीमा २१/२२ वर्षका ५/६ जना केटाहरू थिए। उनीहरूबाट १० मिटर अगाडी आएपछि पछाडिबाट ढुङ्गा हाने। उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।’

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए। गाडीको सिसा फुटाउनेहरूका विरुद्धमा सार्वजनिक अपराध वा क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिइन मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन्यजन्तु संरक्षणमा चुनौतीः रोकिएन चोरी शिकारी

शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।  सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक

अझै पढ्नुहोस्