वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

कैलाली प्रहरीका अनुसार उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो। उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ। सचिव तथा अन्यलाई चोटपटक भने लागेको छैन। 

प्रदेश सचिव पौडेलका अनुसार वसन्ता क्षेत्र , पुरैना ताल लगाएतको अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट टोली फर्किएको थियो। फूलबारी क्षेत्रमा ५र६ जना युवाहरूले उनी सवार गाडीको पछाडिबाट ढुङ्गा हानेका थिए। 

प्रदेश सचिव जीवनाथ पौडेलले भने, ‘हामी वसन्ता क्षेत्रबाट फर्किदै थियो। वन क्षेत्रको अतिक्रमणको अनुगमनमा गएका थियौ। फूलबारीमा २१/२२ वर्षका ५/६ जना केटाहरू थिए। उनीहरूबाट १० मिटर अगाडी आएपछि पछाडिबाट ढुङ्गा हाने। उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।’

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए। गाडीको सिसा फुटाउनेहरूका विरुद्धमा सार्वजनिक अपराध वा क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिइन मन्त्रालयले जनाएको छ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्