धनगढी/डिभिजन बन कार्यलय पहलमानपुर कैलालीले आज बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ ।

डिभिजन वन कार्यलय पहलमानपुरले गर्मीयाम सुरुवात भए सङ्गै बन जङ्गल हुने बन डढेलो न्यूनीकरण र नियन्त्रणका लागि सामुदायिक बन उपभोक्ता समूह , सरोकारवाला निकाए हरुलाइ सचेतना पर्न बन डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।
डिभिजन वनले सबडिभिजन वन कार्यलय भजनी , सुखड , पचमुडिया , साडेपानी , बर्दगोरिया , फलेबिसौना , पन्डौन , लाई डडेलो नियन्त्रण सामाग्रीहर समेत बितरण गरिएको थियो ।
गर्मियाममा हुने आगलागिले बन तथा जैविक विविधता , बन्यजन्तुको बासस्थान नोक्सान भै बहुमुल्य जडिबुटी नोक्सान हुने हुदा समयमा नै जनचेतना जगाइ , सामुदायिक बनमा अग्निरेखा निर्माण , मर्मत सम्भार गर्दै सरोकारवाला निकाएलाइ जनचेतना जगाउदै आजै समाग्री वितरण गरिएको डिभिजन बन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए ।