वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने : मन्त्री शाही

शेयेर गर्नुहोस

धनगढी/धनगढी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले अहिले त्यस अनुसार योजना बनाइरहेको उनले बताए । शनिवार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले पछिल्लो समय देशभरी नै मानव र वन्यजन्तुबीच द्वन्द्व देखिएकाले त्यसको न्यूनीकरणका लागि मन्त्रालय अघि बढेको बताए ।

उनले भने, ‘कैलाली कंचनपुर घुम्दा पनि मानव र वन्यजन्तुबीचको द्वन्द्वले समस्यामा पारेको भेटियो, अब न्यूनीकरणका लागि योजनासहित अघि बढछौ ।’

मन्त्री शाहीले कञ्चनपुरमा आरक्षबाट पीडितलाई व्यवस्थापनका लागि आयोग बनेको त्यसको अवस्था पनि बुझेको बताए । उनले भने, ‘अब वनलाई जनतासँग जोडेर समृद्धितर्फ लाग्नुपर्छ, बनलाई पर्यटनसँग जोडनु पर्छ ।’

पूर्वाधार अभावले पर्यटन विकास नभएको मन्त्री शाहीको भनाइ छ । धार्मिक र पर्यटकीयस्थल संरक्षण अभावमा ओझेलमा परेकाले अब सरकारले संरक्षणको योजना बनाउने उनले बताए ।

बाजुराको बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीको भनाइ छ ।

उनले भने, ‘अब बडिमालिका संरक्षणको योजना बनाएर तत्काल सरकार अघि बढछ ।’ वर्तमान सरकार एउटा ऐतिहासिक सम्झौता र सहमतीमा बनेको बताउँद‌ै मन्त्री शाहीले जनताको निराशालाई आशामा बदल्ने गरि सरकार अघि बढेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६३३ प्रजातिका चराको अभिलेख राख्दै सजय बने सर्वोत्कृष्ट

धनगढी/विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले लिए सपथ

धनगढी/सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगर क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गरिने : नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

टीकापुर/ पतञ्जली योग नगरसमिती टीकापुरले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । नगर समितीका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको

अझै पढ्नुहोस्