वडीकेदार गाउँपालिका गाउँ प्रशासनीक भवनको उदघाटन गरे मुख्यमन्त्री शाहले

शेयेर गर्नुहोस

वडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनीक भवनको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएकोछ ।


नवनिर्मित भवन उदघाटनका अवसरमा आफनो भनाई राख्दै माननीय मुख्यमन्त्री शाहले संघियताको भावना अनुरुप जनतालाई यो नवनिर्मित मुख्य प्रशासनिक भवनबाट पालिकाले प्रदान गर्ने सेव सुबिधा सरल, सहज र गुणस्तरीय सेवा प्रवाहबाट जनतालाई पालिका सरकार हाम्रो हो भन्ने भावनाको विकास गराउनु होला भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।


साथै उहाँले नवनिर्मित भवनको उदघाटनका क्रममा सबिधानको मुलमर्म अनुसार तीन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरुप यहाँको शिक्षा,स्वास्थ,सडक पुर्बाधार, खानेपानी, उर्जा, रोजगारी, कृषि र पर्यटन लगायत यहाँका नागरिकको जिवनस्तर उठाउने कार्यहरुमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।


साथै पछिल्लो पटक हामी स्थिर सरकारको पक्षमा छु सबै प्रदेशमा रहेका दलहरु सँग मैले छ्लफल अगाडी बढाएको छु । हिजोको निर्वाचनमा हामी जसरी जनताका बिचमा स्थिर सरकार बनाउने छौ भन्ने बाचा गरेका थियौ । त्यसको पुर्ण कार्यान्वयनमा सरकार अगाडि बढिरहेका बेला केही परिवर्तनका संकेत देखिएका छन । यसमा पनि हामीले सबै सँग प्रदेशको समृद्धि बिकासका लागि स्थिर सरकार अहिलेको आवश्यकता रहेकाले त्यसका लागि आफुले पहल थाली सकेको बताउनु भयो ।


उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिह ओली विशिष्ट अतिथि रहनु भएको थियो भने कार्यक्रम वडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउद को अध्यक्षता तथा स्वागत मन्तव्य उपाध्यक्ष डम्मरी बिष्ट कलेलले गर्नु भएको थियो ।
नवनिर्मित मुख्य प्रशासनिक भवन सघिय सरकारको समपुरक अनुदानमा २करोड ५७ लाखको लागतमा १६ कोठा सहितको २ तले भवनको निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Розваги онлайн стають доступнішими з ggbet ua для кожного азартного гравця

What is the 888 Casino Online Gaming Platform?

Ein Überblick über Ausländische Casinos: Merkmale und Unterschiede zu inländischen Anbietern.

Constelações astrológicas revelam o poder oculto da tiger fortune e seu impacto pessoal

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

सम्बन्धितखवर

छुटाउनु भयो कि !