TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो। ताल पुरिएरसंगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखाङ्कनको कार्य सुरु भएको छ ।

तालको रेखांकनको लागि डिभिजन वन कार्यलय पहलमानपुर र सबडिभिजन बन कार्यलयले ३ बर्ष देखि निरन्तर रुपमा समन्वय , सहकार्यकाल पहल गरेको थियो । रेखांकनका नापी कार्यालय कैलालीलाई डिभिजन बनले कर्मचारी खटाइदिन पटकपटक पत्राचार गरेको थियो । नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्टले पुरैना ताल रेखांकनका लागि फिल्डमा दुई जना अमिन कर्मचारी खटाएको र त्यस रेखांकन कार्यलाई कार्यस्थल रुपमा सहकार्य नापिअधिकृत इन्द्र बहादुर देउवा जिम्मेवारी दिएको जानकारी दिए ।


भट्टले भने हाम्रो कार्य क्षेत्रभित्र पुरैना ताल पर्ने भएका कारण हामीले तालको नक्साअनुसारको रेखाङ्कन गर्ने कार्य हो त्यसपछिको बाँकी काम स्थानीय तह र वन कार्यालयले बताए ।  तालको रेखांकनका लागि भजनी नगरपालिकाका जनप्रतिनिधि , स्थानीय बासिन्दाहरु , सब डिभिजन वन भजनी , सामुदायिक बन समन्वय समिती सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन सुरु गरिएको हो ।

यसकैलाली प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र सहित नापी कर्यलय कैलालीका प्रमुख जनक राज भट्ट , देब्रेन्द्र पाल प्रहरी उपरीक्षक , रबि के सि प्रमुख सेनानी , हरिष बिष्ट उप अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान , राम बिचारी ठाकुर डिभिजन वन अधिकृत र केवल लाल चौधरी भजनि नगरपालिका प्रमुख , राजु तिरुवा उपप्रमुख भजनी नगरपालिका , बिजय राज श्रेष्ठ सरक्षणकर्मी लगायत टोलिले तालको स्थलगत अनुगमन गरेको छ ।

तत्कालीन समयमा तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो। अतिक्रमणमा परेको तालको जग्गामा हिउँदे बाली लगाइसकेको हुँदा बाली भित्र्याए पछि सो जग्गामा खेती नगर्ने जनाउँदै स्थानीयसँग सहमतिसमेत भएको थियो। त्यसैअनुसार तालको काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए। 

“पुरैना ताल भजनीको मात्रै कैलाली जिल्लाकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो जसमा भारतीय दुधुवा नेशनल पार्क सङ्ग प्रत्यक्ष रुपमा जोडिएको हुदा पुरैना ताल पुन निमार्णका लागि आवश्यक रहेको छ ।
यसको पुननिर्माणका स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको छ।: उनले “त्यसमा स्थानीय नागरिकले पनि साथ दिएका छन्। तालको जग्गा खाली भएपछि त्यसको उत्खनन र त्यसपछिको कामको लागि बजेटको बजेटको सुनिश्चितता भने हुन सकेको छैन ।” उनले आगामी वैशाखबाट तालको सबै जग्गा खाली हुने विश्वास रहेको चौधरीले बताए । 
स्थानीय नागरिक ताललाई पुनर्जीवन दिने कुरामा सकारात्मक देखिएका कारण तालको उत्खननको प्रक्रिया अगाडि बढाउन सकिएको सवडिभिजन वन कार्यालय भजनीका प्रमुख मोहम्मद शाहले बताए। “पटकपटक स्थानीयसँग पुरैना तालको विषयमा छलफल हुँदा उनीहरु सकारात्मक देखिएका छन्। उनले भने, “सबैको साथ सहयोग भयो भने ताललाई पुरानै अवस्थामा फर्काउन समस्या हुँदैन भन्ने लाग्छ।” उनले आआफ्नो क्षेत्रबाट तालको अस्तित्वलाई फर्काउन लाग्नुपर्ने पनि बताए। 

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

भजनी क्षेत्रका लागि छुट्टै महत्व बोकेको पुरैन तालमा बाह्रै महिना सारस पाइन्थ्यो भने जलचर जनावर र विभिन्न प्रजातिका चराको बासस्थानको रुपमा पुरैना ताललाई लिने गरिन्थ्यो। सयौँ बिघा क्षेत्रफलमा फैलिएको ताललाई उत्खनन गरेर मानव निर्मित ताल बनाउन सकेपछि पनि पर्यटकीय सम्भावनालाई बढाउन सकिने सरक्षण कर्मी बिजय राज श्रेष्ठ बताए । पुरैना तालसँगै रहेको बञ्जरिया ताल अझै जीवित अवस्थामा रहेको छ। सो क्षेत्रमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर पानीका लागि आउने गरेका छन्। तालले पुनर्जीवन पाउने भएपछि भजनीका स्थानीय खुसी भएका छन्।


यो ताल पुन निर्माणका लागि आफुले सबै सरक्षण लाग्ने ब्यक्ति , सघ सस्था , स्थानीय पालिका , जिल्लामा रहेका कार्यलय ,प्रदेश बन मन्त्रालय , प्रदेश बन निर्देशनालय , सरकारी , गैरसकारि निकाए सबै सङ्ग सहकार्य र सहयोगका लागि समन्वय गर्ने डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख राम बिचारी ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Из-за чего человек находят гармонию между риском и безопасностью

Из-за чего человек находят гармонию между риском и безопасностью Человеческое поведение представляет собой сложный 7к казино между желанием к защищенности и расположенностью идти на риск.

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा कानुन निर्माणप्रति सरकारको गम्भीर उदासीनता

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो अवस्था हेर्दा एउटा गम्भीर प्रश्न उठेको छ– के प्रदेश सभा जनताको जीवन बदल्ने कानुन निर्माणको थलो हो, कि सरकारको असफलता लुकाउने

अझै पढ्नुहोस्
समाचार

नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने

धनगढी/नागरिक उन्मुक्ति कैलाली को टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ। उक्त पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि

अझै पढ्नुहोस्