लालझाडी गा पा १ बिनवारीका एक दम्पती मृत फेला

शेयेर गर्नुहोस

धनगढी। कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए।

उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए । गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरा सहितको नास्ता पसल ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए ।

डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य  लटपटिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार बडायक दम्पतीले बिहीबार बैंकबाट पैसा निकालेका थिए । ‘घटना शंकास्पद देखिए पछि सोही कोण अनुसार अनुसन्धान अगाडि बढाएका छौं,’डिआइजी केसीले भने ‘ बैंकबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन । झण्डै साढे दुई लाख घरमै भेटिएको छ ।´

उनले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी टिली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको जानकारी दिए । दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पनि डिआइजी केसीले जानकारी दिए ।

ताजा खबर

The Ultimate Guide to Play Free American Roulette Online

Casino Roleta ao Vivo: Tudo o que você precisa saber

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

सम्बन्धितखवर

छुटाउनु भयो कि !