फुलबारीमा श्रमदान गर्दै बेलायती नागरिक

शेयेर गर्नुहोस

धनगढी/नेपाल युथ फाउण्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको  साँझेदारीमा  निर्माण भईरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकहरु श्रमदानमा जुटेका छन् । धनगढी  उपमहानगरपालिका वडा नम्वर –१८ एफ गाउँमा निमार्ण भईरहेको भोकेसनल स्कुलमा बेलायती नागरिकहरु श्रमदानमा जुटेका हुन् ।  बेलायती नगरिक  हेजल ग्रेसको नेतृत्वमा  पाँच दिनका लागि १९ जना बेलायती नागरिकहरु श्रमदानमा जेटेका हुन्  । निर्माण स्थलमा खाने अराम गर्ने  र टेन्ट लागाएर  सुत्ने व्यबस्था सहित बेलायती नागरिकहरु श्रमदानमा जुटेका छन् ।

कार्तिक चार गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकहरु आठ गते सम्म  श्रमदान गरेर  स्वदेश फर्कने छन् ।बेलायती नागरिकहरुको संस्था सपोर्टिङ नेपाल्स् चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउण्डेसन मार्फत तीन करोड ४३ लाख बराबरको लागतमा  उपमहानगरपालिकाको साँझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भईरहेको छ ।

श्रमदान टोलीको नेतृत्व गरिरहेकी बेलायती नागरिक ग्रेसले आर्थिक अनुदानसंगै केही दिन स्वयम श्रमदान गर्दा संस्था प्रतिको अपनत्वमा बृद्धि हुने बताईन् । नेपाली नागरिकहरुलाई सीप सिकेर स्वदेशमै रोजगारमुखी  बनुन् भन्ने सन्देश दिन समेत आफुहरुले श्रमदान गर्न लागेकोउनको भनाई छ । आफुहरुको समुहका १९ जनाले  बिहान ९ बजेदेखि ११ः३० सम्म र दिउासो  २ः३० देखि साँझ ६ बजे सम्म कार्यालालिका बनाएर श्रमदान गरिरहेको बताईन्  ।

पछिल्लो समयमा नेपाली समाजमा श्रमदान गर्ने  संस्कार हराउदै गएकोले बेलायती नागरीकहरुको मेहनत गर्ने शैली हाम्रा लागि प्रेरणा बनेको धनगढी उपमहानगरपालिका वडा नम्म्बर–१८का वडा अध्यक्ष भुवन रिजालले बताए ।पछिल्लो समयमा विकास निर्माणमा अपनत्व कमी हुँदै गएको बताउदै वडा अध्यक्ष रिजालले भने, “बिकशित मुलकका नागरिकहरु नेपालमा आएर श्रमदान गर्नु हाम्रा लागि पनि सिकाई हो । उनीहरुले पैसा मात्र पठाएका छैनन् नेपालमै आएर मेहनत पनि गरेका छन् जुन नेपालीका लागि समेत प्रेरणा बनेको छ ।”

बेरोजगार  युवाहरुलाई सीप मुलक लालिम दिई स्वदेशमै रोजगार सिर्जना गर्ने उदेश्यका साथ  सुबिधा सम्पन्न भोकेसनल स्कुलको निर्माण कार्य आगामी मंसिर मसान्न सम्म सक्ने लक्षका साथ काम भईरहेको  निर्माण कार्यमा संलग्न प्राविधिक  प्रशान्त रिमालले जानकारी  दिए । गत वर्षको चैतदेखि निर्माण सुरु गरिएको स्कुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने समेत रिमालले  जानकारी दिए । भवन निमार्ण कार्य जारी रहेपनि बेरोजगार युवाहरुलाई सीपमुलक  तालिम दिई  आत्मानिर्भर बनाउने काम भने सुरुभई सकेको बताईएको छ

ताजा खबर

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

Mobile Roulette for iOS Australia at Real Casino

Roulette Bonus Canada No Deposit

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ενδιαφέρουσες προτάσεις και αξιολογήσεις για 22bet review στην αγορά των παιχνιδιών μας

Ενδιαφέρουσες προτάσεις και αξιολογήσεις για 22bet review στην αγορά των παιχνιδιών μας Αξιολόγηση της Πλατφόρμας 22bet Προσφορές και Μπόνους Ασφάλεια και Αξιοπιστία της 22bet Υποστήριξη

अझै पढ्नुहोस्