लामो समय सम्म पानी नपरेकोले आगलागी बढ्दो

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /लामो समय सम्म पानी नपर्दा अहिले तराइका फाट मा रहेका सामुदायिक वन होस यात पहाडका भिर पाखामा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा दिन प्रतिदिन आगलागी भै रहेको छ ।

गोदावरीबाट माथि उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ । अझै अगाडि बढ्दै गयो भने प्रष्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ । श्वास प्रश्वास बढ्न थाल्छ । हो, डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले नै यस्तो समस्या देखिएको छ अहिले पहाडैभरि । बैतडी, डडेल्धुरा, डोटीका अधिकांश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन् । भीमदत्त राजमार्ग र दशरथ चन्द राजमार्गका बीसौँ ठाउँमा डढेलो लागेको छ ।

‘गोदावरीदेखि माथि उक्लेपछि गन्तव्य नपुगुन्जेलसम्म राजमार्ग छेउको जंगल डढेलोले सखाप छ,’ राजेन्द्र चन्दले भने,‘डाडैभरी सल्केको डढेलोले पूरै पहाड धुवाँमय बनेको छ ।’ यसवर्ष अत्याधिक डढेलो सल्केको उनी बताउँछन् । ‘फागुन–चैतमा खासै वर्षा भएन,’ उनले भने,‘त्यसैले पनि डाँडाका सल्लेरी वन डढेलोको चपेटामा परेका छन् ।’

पहाडैभरि फैलिएको डढेलोले वन सखाप पार्नुका साथै डढेलोबाट निस्केको धुवाँले अहिले पहाडको मौसम खराब छ । अहिले डढेलोबाट निस्केको धुवाँले आँखा पोल्ने तथा चिलाउने रोग समेत देखिएको छ । पछिल्ला दिनमा डाँडैभरि लागेको डढेलोबाट निस्केको धुवाँले टाढासम्म देखिने पहाडी दृश्यहरु धुँवाकै कारण नजिकैको दृश्य समेत देखिन छोडेको छ । ‘वसन्त ऋतुको समयमा पहाडमा जताततै हरियाली देखिनुका साथै हिम श्रृङ्खलाहरु समेत प्रष्टै देखिन्थे,’ उनले भने,‘तर अहिले हिम श्रृङ्खला त परैको कुरा हो, नजिकैको हरियाली वन तथा डाँडाकाँडा समेत धुँवाका कारण देखिनै छाड्यो ।’
जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको डोटीको बडिकेदारका चक्र मल्ल बताए ।


उनले भने,‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन् ।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको उनी बताउँछन् । ‘सम्बन्धित निकायले जनचेतना जगाउने कार्यक्रम ल्याउनु पर्ने बताए ।
सुदूरपश्चिम प्रदेशको जम्मा क्षेत्रफल मध्ये ५७ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । अहिले मात्रै सुदूरपश्चिमको वन क्षेत्रमध्ये ३० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक हेमराज बिष्ट बताए । उनका अनुसार चैत यता मात्रै सुदूरपश्चिमको कूल वन क्षेत्रको ३० प्रतिशत वन क्षेत्र डढेलोले खाएको छ ।

डढेलो लाग्नुको प्राकृतिक कारण नभई भौतिक कारण रहेको उनी बताए । ‘यहाँ चट्याङले डढेलो सल्केको नभई आम उपभोक्ताले नै जानी जानी डढेलो सल्काउने गरेका छन्,’ उनले भने,‘आम उपभोक्ता जंगलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताका कारण त्यसो गर्दै आएका छन् ।’

तराईको जंगलमा लागेको डढेलो निभाउन सहज हुने गरे पनि पहाडी भेगमा लागेको डढेलो निभाउन कठिनाइ हुने गरेको प्रदेश वन निर्देशक बिष्ट बताउँछन् । सुदूरपश्चिममा सबैभन्दा बढी डढेलो डडेल्धुरा र डोटीको वनमा लागेको उनी बताउँछन् । ‘डोटी र डडेल्धुराको वन क्षेत्रमा सबैभन्दा बढी सल्लाको जंगल छ, सल्लाको जंगलमा सल्केको डढेलो ह्वार्ह्वार्ती बढ्छ,’ उनले भने,‘सल्लाको जंगलको डढेलो निभाउन जोखिम हुनुका साथै नियन्त्रणमा लिन कठिनाइन पनि उत्तिकै छ ।’

डिभिजन बन कार्यलय डोटिका प्रमुख गोकुल रिजालले भने
पहाडको जंगलमा सल्केको डढेलो निभाउन हर प्रयास गरे पनि डाँडा तथा भीरमा निभाउन निकै गाह्रो हुने उनी बताउँछन् । पहाडका डाँडामा लागेको डढेलो निभाउनका लागि दमकलको प्रयोग गर्न समेत बाटोघाटो नहुनु र भीरपाखाले हिँडेर जान समस्या उस्तै छ ।
डढेलो नियन्त्रणका लागि आफूहरुसँग छुट्टै दक्ष जनशक्ति नहुनु र वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना तथा प्रहरीकै सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास गरिँदै आएको प्रमुख रिजालले बताए ।

डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने,‘जनचेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके त्यसले पुनरुत्पादन जोगिन सक्थे

ताजा खबर

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

Silnice Krátké Křídlo

Gambling Establishment Online Repayment Techniques: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

सुखड/  विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्। वन क्षेत्रका ढलापडा रूख

अझै पढ्नुहोस्