रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी निर्वाचन कार्यालयमा दर्ता

शेयेर गर्नुहोस

टीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी दर्ता गरिएको छ ।
मंगलबार रेशम लाल चाैधरीकाे श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा २५ सदस्यीय नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइ दर्ता भएको हाे । नयाँ दलमा विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु पार्टीमा आवद्ध भएका छन् ।

नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा २०१ जनाको केन्द्रीय सदस्य रहने व्यवस्था राखिएको छ । नयाँ दर्ता भएको पार्टीको चुनाव चिन्ह ढकिया राखिएकाे छ । त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिएको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गरिएको छ ।
पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र ७ जना सह कोषाध्यक्ष रहने ब्यवस्था रहेको छ ।

त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड ठाकुर एग्रो ईन्ड्रष्टिजको साथ

डडेल्धुरा /क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च

अझै पढ्नुहोस्
समाचार

धनगढीमा स्वास्थ्यकर्मीद्वारा दबाबमुलक कार्यक्रम

जमुना न्युरे,धनगढी  /  धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भानु सामुदायिक पुस्तकालय सत्तिको अध्यक्षमा मनिराम ढुंगाना चयन

टीकापुर/भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तिको अध्यक्षमा मनिराम ढुंगाना सर्वसम्मतिले चयन हुनुभएको छ । साेमबार टीकापुर ७ सत्तीमा सहमतिय नेतृत्वका लागि भएको छलफलपछि अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

बग्धौली सिँचाई २४ औँ साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको बग्धौली सिँचाई जल उपभोक्ता संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष

अझै पढ्नुहोस्