राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

शेयेर गर्नुहोस

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदक सहित प्रथम भएको हो ।

धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घाेडाघाेडी नगरपालिका दाेस्राे र गाेदावरी नगरपालिका तेस्राे भएकाे छ ।

घाेडाघाेडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गाेदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएकाे हाे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनिहरुलाइ कार्यक्रमका प्रमुख अथिती घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार बितरण गरेका हुन ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गाैरीगंगा नगरपालिकाले १७, बर्दगाेरीया गाउँपालिकाले २, जाेशिपुर गाउँपालिकाले ६, माेहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ ।

गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सञ्चार माध्यमलाई प्रशासनले नियमन गर्ने गृहमन्त्रीको हुकुमी निर्देशन सच्चाउन प्रेस युनियनको माग

काठमाडौं/ गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्