राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

शेयेर गर्नुहोस

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदक सहित प्रथम भएको हो ।

धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घाेडाघाेडी नगरपालिका दाेस्राे र गाेदावरी नगरपालिका तेस्राे भएकाे छ ।

घाेडाघाेडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गाेदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएकाे हाे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनिहरुलाइ कार्यक्रमका प्रमुख अथिती घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार बितरण गरेका हुन ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गाैरीगंगा नगरपालिकाले १७, बर्दगाेरीया गाउँपालिकाले २, जाेशिपुर गाउँपालिकाले ६, माेहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ ।

गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रेशम चौधरीसहितको रिहाई गर्न सरकारले ल्यायो छुट्टै अध्यादेश

काठमाडौँ / सरकारले वार्तामा रहेका सरोकारवालाहरूसँगको सहमति कार्यान्वयनका लागि अलग्गै अध्यादेश ल्याएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो अध्यादेश ल्याउने निर्णय गरेको सरकारका एक मन्त्रीले

अझै पढ्नुहोस्
समाचार

६ बर्ष पछि ब्यबस्थापन समिती गठन राष्ट्रिय मा.बि .सुखडमा

सुखड/कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो । यस

अझै पढ्नुहोस्
समाचार

उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

सुखड / कैलालीको घोडाघोडी नगरपालिका–१२ मा ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे

अझै पढ्नुहोस्