माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. केसीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो।
डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए ।
यसअघि मंसिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो । तर, सो ठाउँलाई निषेधित क्षेत्र तोक्न नहुनेसहितका विभिन्न माग राख्दै डा. केसीसहितको टोली प्रदर्शनमा उत्रिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

पाँचदलिय गठबन्धनको चुनावी आमसभा सप्पन्न

धनगढी/धनगढीमा पाँचदलिय गठबन्धनको चुनावी आमसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। धनगढीमा सत्ता गठबन्धनले आयोजना

अझै पढ्नुहोस्
समाचार

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने

अझै पढ्नुहोस्
समाचार

लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

धनगढी/अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो

अझै पढ्नुहोस्