मनकिया सामुदायिक वनद्धारा २५५ उपभोक्तालाई विद्युतिय चुलो वितरण

शेयेर गर्नुहोस

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ९ मुड कट्टीमा रहेको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच सामुदायिक वनका २५५ उपभोक्तालाई १९ लाख ७७ हजार ५२५ रुपियाँ बराबरका विद्युतिय चुलो,प्रेसर कुकर र कडाई वितरण गरिएको हो ।

वि.स २०५६ सालमा स्थापना भएको मनकिया सामुदायिक वनले वन पैदावार बिक्रीबाट आम्दानी भएको रकमले उपभोक्ताका लागि विद्युतिय चुलो खरिद गरि निशुल्क वितरण गरेको हो । सामुदायिक वनले एसएन्भी नेपालको सहयोगमा चुलो वितरण गरेको हो । विद्युतिय चुलो खरिदमा मनकिया सामुदायिक वनले प्रति चुलो ५ हजार ७५५ का दरले १४ लाख ६७ हजार ५२५ र एसएन्भभि नेपालले एण्डेब
कार्यक्रम अन्र्तगत प्रति चुलो २ हजारका दरले कुल ५ लाख १० हजार सहयोग गरेको छ ।

सामुदायिक वनले धनगढी ७ शक्ति नगरमा रहेको कल्पवृक्ष ग्रेटर गुड्स प्रालिबाट टेण्डर मार्फत् विद्युतीय चुलो खरीद गरेको हो । कल्प वृक्षमा भान्सामा प्रयोग गरिने विद्युतीय सामाग्री साथै महिलाका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु पाइने जनाइएको छ ।

एसएन्भी नेपालका एण्डेब व्यवसाय विकास संयोजक रुपक देउवाले जंगलका दाउराको प्रयोगबाट धुवाँ जन्य रोगहरु लाग्ने,वातावरण प्रदुषण हुने,समयमा पानी र अक्सिजन नपाइने भएकाले वन जोगाउन उपभोक्तालाई विद्युतिय चुलो वितरण गरिएको बताए । विद्युतिय चुलो प्रयोग गरेमा वन विनास रोकिने,एलपिजि ग्याँसको प्रयोग कम भइ नेपाली रुपियाँ बच्ने, र नेपाल मै उत्पादन भएको विद्युत खपत हुने भएकाले सबैले विद्युतिय चुलोको प्रयोग गर्नुपर्ने संयोजक खड्काको भनाई छ ।

सामुदायिक वन राष्टिय उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव डण्डीराज सुवेदीले विद्युतिय चुलोको प्रयोगले बन संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले विद्युत्को खपत बढाउने,गृहणी महिलाको स्वास्थ्य र वन संरक्षणका हिसाबले सामुदायिक वनका उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्नु सराहनीय काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर विकास समितिकाे जग्गा काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा पेश

टीकापुर /टीकापुर विकास समितिकाे जग्गा काण्डकाे फायल अख्तियारले विशेष अदालतमा मुद्दा पेश गरेकाे छ ।टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

अझै पढ्नुहोस्
समाचार

सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको

अझै पढ्नुहोस्
समाचार

नेपाल कर्मचारी युनियनको ३५ बुदे घोषणा पत्र जारी

धनगढी/धनगढीमा दुई दिन सम्म चलेको प्रदेश भेलाले कर्मचारी सेवा सुबिधा सहित विभिन्न मागहरु राखी ३५ बुदे घोषणा पत्र जारी गरेको छ । नेपाल निजामती कर्मचारी

अझै पढ्नुहोस्
समाचार

जंगली बदेल र चित्तलको मासु बरामद

धनगढी/कैलाली जिल्लाको धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको

अझै पढ्नुहोस्