मत माग्दै धनगढी पुग्यो इन्जिनियर लोकतान्त्रिक समूह

शेयेर गर्नुहोस


धनगढी/नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ आै केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने निर्वाचनका लागि सोमबार धनगढीमा इन्जिनियरहरुको भेलामा लोकतान्त्रिक समूहका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रमसहित मतदातासँग मत मागेका हुन् ।


“इन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण” भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ई सुवास चन्द्र बराल, उपाध्यक्षमा ई. प्रकाश केसी, महासचिवमा ई. विनोद प्रकाश पण्डित, उप-महासचिवमा ई. अनिल मानन्धर, कोषाध्यक्षमा ई. सुमन थापा, सह-कोषाध्यक्षमा ई. कृष्ण प्रसाद पोख्रेलसहितको टिम चुनावी मैदानमा उत्रिएको छ ।

यस्तै तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा ई. नवीन राज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ई. पूर्ण कुँवर,उप सभापतिमा ई. प्रकाश उप्रेती, सचिवमा ई. सरोज देउवा, सह-सचिवमा ई. सौरभ कलौनी र कोषाध्यक्षमा ई. कलेन्द्र खड्कासहितको लोकतान्त्रिक समूह चुनावी मैदानमा छ ।
लोकतान्त्रिक समूहले ४ ‘स’ लाई जोड दिँदैआफ्नो चुनावी एजेन्डामा उल्लेख गरको छ । समूहले सवलीकरण, सहयोग, सहकार्य र संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिङ्गेकोट सामुदायिक बन उपभोक्ताकाे १४ औ साधारणसभा सम्पन्न

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहको १४ औ साधारणसभा सम्पन्न भएको छ।साधारणसभाको प्रमुख

अझै पढ्नुहोस्
समाचार

मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सामुदायिक वनमा मौरी पालन

कंचनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा भूमिहिन र अव्यवस्थितकाे फारम भर्न छुटेकाले फारम भर्न पाउने

टीकापुर/कैलालीको टीकापुरमा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा यस अघि फारम भर्न छुटेका परिवारले फेरि फारम भर्न पाउने भएका

अझै पढ्नुहोस्
समाचार

सेवा निवृत्त सुविधा रकम पाएनन् कर्मचारीले

धनगढी उपमहानगरपालिकामा अधिकृत छैठौं तहमा कार्यरत प्रभा भण्डारीले गत पुसमा स्वएच्छिक अवकास लिइन् । अवकास लिएसँगै पाउनु पर्ने सेवा निवृत्ति सुविधा रकमका लागि कागजात जुटाइन्

अझै पढ्नुहोस्