सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मा रहेको जनप्रगतिशिल आधारभुत बिधालय डोडापारी दिपनगरमा अजिङ्गर फेला परेको छ ।

अजिङ्गर बिधालयको प्राङ्गणमा बिद्यार्थीले देखेर खबर गरेको बिधालयका शिक्षक हर्क बमले जानकारी दिए ।
अजिङ्गरको उद्वारको लागि बुढिया नकरोड सामुदायिक वनक अध्यक्ष मन राज उपाध्याय , सब डिभिजन बन कार्यलय साडेपानीका वन रक्षक महेश राना लगायतको टिमले अजिङ्गरलाई उद्वार गरेको छ ।
अजिङ्गरको तौल १२ के. जि . र १.५ मिटर लामो रहेको बन रक्षक रानाले बताए ।अजिङ्गरलाई सुरक्षीत बासस्थान नकरोड तालमा छोडियको समेत जानकारी दिए ।








