TRENDING
Roulette Europe Free Spins: A Complete Guide
The Ultimate Guide to Live Roulette: Everything You Need to Know
Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино
Safe Casino Repayment Techniques: A Comprehensive Overview
Next
Prev

बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८ अाैं राष्ट्रिय बाल दिवसको अबसरमा “बालमैत्री समाजको अधार जिम्मेवार परिवार”शिर्षकमा मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

बाल दिवस कार्यक्रमका भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखी राम ओलिको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको प्रमुख अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बिक्रम चौधरी , जनता राम चौधरी , राम सागर चौधरी , सन्जिब चौधरी , विषयगत शाखा प्रमुख, शिक्षक र विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

बक्तृत्वकला कार्यक्रममा कर्मेश्वर मा. बि. कुटिका छात्रा दुर्गा जैशी प्रथम, महुन्याल मा. बि. भजनीका छात्रा आर्जु विक द्वितिय , राष्ट्रिय मा. बि .खैलाडका छात्रा लक्ष्मी बिष्ट तृतीय र कृष्णध्वज मा. बि. गाेडचाैराका छात्रा उर्मिला साँउद सान्त्वना स्थान हासिल गरेका छन।

साथै बक्तृत्वकला कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख केवल चौधरीले कतिपय समाजमा बालबालिकाको अधिकार माथी हनन भैरहेको होला तर त्यसलाई निराकरण गर्न स्थानीय सरकार, समाज तथा अभिभावक वाटै बालबालिकाहरुको संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँले गरिब, जेहेन्दार , पढ्न वाट बञ्चित रहेका विद्यार्थीहरुको लागि हामीले छात्रवृत्तिको ब्यबस्था गरिरहेको छ र हामीले अाधारभुत तहको शिक्षा निशुल्क रहेको बताए कार्यक्रमको संचालन महिला बालबालिका तथा समाज कल्याण उपशाखा सहायक संयाेजक जौकला सार्कीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !