बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८ अाैं राष्ट्रिय बाल दिवसको अबसरमा “बालमैत्री समाजको अधार जिम्मेवार परिवार”शिर्षकमा मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

बाल दिवस कार्यक्रमका भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखी राम ओलिको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको प्रमुख अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बिक्रम चौधरी , जनता राम चौधरी , राम सागर चौधरी , सन्जिब चौधरी , विषयगत शाखा प्रमुख, शिक्षक र विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

बक्तृत्वकला कार्यक्रममा कर्मेश्वर मा. बि. कुटिका छात्रा दुर्गा जैशी प्रथम, महुन्याल मा. बि. भजनीका छात्रा आर्जु विक द्वितिय , राष्ट्रिय मा. बि .खैलाडका छात्रा लक्ष्मी बिष्ट तृतीय र कृष्णध्वज मा. बि. गाेडचाैराका छात्रा उर्मिला साँउद सान्त्वना स्थान हासिल गरेका छन।

साथै बक्तृत्वकला कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख केवल चौधरीले कतिपय समाजमा बालबालिकाको अधिकार माथी हनन भैरहेको होला तर त्यसलाई निराकरण गर्न स्थानीय सरकार, समाज तथा अभिभावक वाटै बालबालिकाहरुको संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँले गरिब, जेहेन्दार , पढ्न वाट बञ्चित रहेका विद्यार्थीहरुको लागि हामीले छात्रवृत्तिको ब्यबस्था गरिरहेको छ र हामीले अाधारभुत तहको शिक्षा निशुल्क रहेको बताए कार्यक्रमको संचालन महिला बालबालिका तथा समाज कल्याण उपशाखा सहायक संयाेजक जौकला सार्कीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ

सुखड /कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ गरेको छ । घोडाघोडी टिम (रातो) र घोडाघोडी टिम (निलो) लाई नगरपालिकाको

अझै पढ्नुहोस्
राजनीति

नेपाली काँग्रेसले नेता जंगबहादुर साउँदलाई कारबाही गर्याे

टीकापुर/नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३०

अझै पढ्नुहोस्
समाचार

१५ औंचुनावी साधरण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको १५ औ चुनावी साधरण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–८१ मा सो रकम

अझै पढ्नुहोस्