बषातको समयमा डुङ्गा बाट वारपार गर्नु पर्ने बाध्यता कैलालीमा

शेयेर गर्नुहोस


धनगढी/कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् ।

नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भने, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।”

मोहनपुरवासी भितरियाघाट र शिवरत्नपुरवासी खोनपुर घाट भएर ओहोरदोहोर गर्छन् । दुवै घाटमा झोलुङ्गे पुल नबनेकाले मनसुन अवधिभरिका लागि प्रत्येक साल डुङ्गा सञ्चालन हुँदै आएको छ । नदीमा ठुलो बाढी आएमा डुङ्गा सञ्चालनमा पनि समस्या हुने गरेको छ । बाढी आउँदा जोखिम थपिने गरेका कारण ओहोरदोहोर नै बन्द हुने गरेको छ । डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यताको बढी मार विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामीलगायतले खेपिरहेका छन् । यी दुवै गाउँमा स्वास्थ्य चौकी, आधारभूत तहसम्म पढाइ हुने विद्यालय छैनन् । अध्ययन तथा उपचारका लागि विद्यार्थी स्थानीय मोहना नदी पार गरेर हसुलिया, के गाउँ र भितरिया पुग्ने गर्छन् ।

बर्खायाममा विद्यालयसम्म पुग्नका लागि आफूहरूले ठुलै कष्ट भोग्नुपर्ने बाध्यता रहेको के गाउँस्थित जनकल्याण माविको कक्षा १० मा अध्ययनरत छात्रा महिमा चौधरीको भनाइ छ । नदीमा पुल नबन्दा कतिपय बालबालिकाको भविष्य नै अन्धकार बनेको उनले बताए । विद्यार्थी महिमाले भनिन्, “पुल नभएका कारण कतिपयले बिचमै विद्यालय छाड्ने गरेका छन् । गाउँमा ५ कक्षासम्मको अध्ययन पूरा गरिसकेपछि उनीहरूको पढाइमा पूर्णविराम लाग्ने गरेको छ ।” कक्षा १० मै अध्ययनरत छात्रा आशिका चौधरीका अनुसार कतिपय विद्यार्थी भितरिया, के गाउँ र हसुलियातिर आफन्तकोमा आश्रय लिएर विद्यालय जाने गरेका छन् ।

खोनपुरघाटमा निर्माण थालिएको झोलुङ्गे पुलको एकातर्फको पिल्लर बाढीले बगाएपछि पुल निर्माणको काम अलपत्र परेको छ । यसै गरी भितरियाघाटमा निर्माण थालिएको झोलुङ्गे पुल पनि बनेको छैन । ठेकेदारले यसै वर्ष पुल निर्माण सम्पन्न गर्ने वाचा गरे पनि निर्माणमा भएको ढिलाइका कारण स्थानीय जनता डुङ्गा तर्न बाध्य रहेको वडाध्यक्ष सन्तराम चौधरीको भनाइ छ । उनले झोलुङ्गे पुल निर्माणमा निर्माण कम्पनीबाट लापर्बाही भइरहेको उल्लेख गरे। “निर्माण कम्पनीले पुल बनाउने सामग्री झारेको छ तर काम भएको छैन,” वडाध्यक्ष चौधरीले थपे, “यो पुल बन्छ या बन्दैन, त्यसको पनि केही निश्चित छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको २३ थान गोलिया ५ थान चिरान बरामद

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भजनि नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी धर्नामा

जमुना न्युरे ,भजनी/ कैलाली स्थित भजनि नगरपालिका प्रवेशद्वारमा ४० कर्मचारी धर्नामा बसेका छन् ।नगरपालिकाका स्वास्थ्य शाखा र ९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि

अझै पढ्नुहोस्
समाचार

कानुनी थुनामा राख्ने चार सिडिओ सहित १२ प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई गैर कानुनी थुनामा राख्ने चार जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई कारबाहीका लागि सिफारिस गरेको छ ।  आयोगले खोटाङको हलेसी

अझै पढ्नुहोस्
समाचार

नेपाल रेडक्रस नारायणपुर उप शाखाकाे सभापतिमा काेइराला निर्विरोध चयन

टीकापुर/नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे २९ ओै अधिवेशनबाट सभापतिमा धनसरी कुमारी काेइराला निर्विरोध चयन हुनुभएको छ । त्यस्तै उप सभापतिमा भारती देवि वि.क., सचिवमा

अझै पढ्नुहोस्