बन डढेलो ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलाली जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको छ ।

डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ ” भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा मंगलबार देखि सुरु भएको हाे ।

डिभिजन बन कार्यलय पहलमानपुरले प्रत्येक बर्ष चैत १ गते देखि ७ गते सम्मलाइ बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताहका रूपमा मनाउदै आएकाे छ ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १० का वडा अध्यक्ष भिम बहादुर बमले पछिल्लो समयमा भयको बन अतिक्रमण , राजमार्गको क्षेत्रमा बढी रहेका बन अतिक्रमण ,बढी आगलागी हुने गरेको बताउदै चुरे क्षेत्रमा भयका बस्तिलाइ तेहि बसिराख्ने वातावरण बनाउन , चुरेको माटो सङै बन जङ्गल सरक्षण मा जोड दिनु भयाे ।

बसन्ता संरक्षित बन कार्यक्रममा अध्यक्ष पुस्कल बमले गर्मीको समयमा बन जङ्गलमा पात झरेर बढी स्याउला हुने नयाँ पालुवा पलाउने समय , खडेरीमा बढी आगलागीको जोखिम हुने भयकाले यसलाइ सबैले रोक्न र न्यूनीकरण गर्नका लागि आफ्नो जिम्मेवारी पुर्वक काम गरि दिन सबैलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै इलाका प्रहरी कार्यलय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाममा हुने बन जङ्गल तथा राष्ट्रिय बनमा हुने आगलागीलाइ कसरी न्यूनीकरण गर्ने आगलागीबाट बर्सेनि लाखौं क्षती बहुमुल्य जडिबुटी , काठ , बन्यजन्तुको बासस्थान क्षती ,नयाँ पालुवा समेत नोक्सान हुने बताउदै उहाँले यसरी सामुदायिक बन , जनप्रतिनिधि , स्थानीय बासिन्दा , स्थानीय स्तरमा रहेका प्रहरी कार्यलयहरुले सहकार्य भयमा आगलागी न्यूनीकरण गरिन सकिने बताउनुभयाे ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले एक्लै बन कार्यलयले मात्र यस्तो कार्य गर्न नसकिने , प्राबिधिक सहयोग सामुदायिक बनहरु मा नियमित कट्नी छट्नी , अग्निरेखा निमार्ण , बन ब्यबस्थापन जस्ता कार्य आफुहरुले गरि रहेको , गर्मीयाम हुने बन तथा राष्ट्रिय बनमा हुने आगलागी यो बर्ष आफ्नो बन कार्यलय क्षेत्रमा शून्य गराउने बताउनुभयाे ।

कार्यक्रमको सन्चालन सब डिभिजन बन कार्यलयका सुखड प्रमुख बिश्व राज पन्डितले गरेको कार्यक्रममा विभिन्न सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरु , पत्रकार , सस्तत्र प्रहरी , नेपाल प्रहरी , विभिन्न सघं सस्थाका प्रतिनिधि , जन प्रतिनिधि सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Free Rotates Slots: What You Required to Know

Detailed analysis uncovers exciting opportunities with 4rabet india for savvy players

Essential gameplay details within chicken road demo and its lasting impact

Spielerische Erkundungen mit der chicken road demo und kreativen Leveldesigns erleben

Total Kasino Automat Spillstrategi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

धनगढी/कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ ।

अझै पढ्नुहोस्