बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

शेयेर गर्नुहोस


जमुना न्युरे,श्रावण २७, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका छन ।

बुधबार धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ ९१० बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा कार्यक्रम घोषणामै सीमित नरहने बताए। सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकारले कार्यक्रमलाई अघि बढाएको भन्दै उनले स्थानीय तहसँगको सहकार्य र समन्वयबाट यसको प्रभावकारी कार्यान्वयन गरिने बताए।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर रावलले बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणाले बडीमालिका र रामारोशन क्षेत्रलाई मात्रै नभई सुदूरपश्चिमका नौवटै जिल्लालाई प्रभाव पार्ने बताए।

प्रदेशसभा सदस्य नरेशकुमार शाहीले बडीमालिका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुका साथै स्थानीयको आयआर्जनसँग जोड्न आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई विकासको प्राथमिकतामा अझै समेट्नुपर्ने आवश्यकता रहेको बताए। उनले नियमित अनुगमन गर्दै देखिएका समस्याको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाउनुपर्नेमा जोड दिए।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले प्रदेश सरकारले स्वामित्व लिएर वन संरक्षण क्षेत्र घोषणा गर्नु स्वागतयोग्य भएको बताए। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रदेश वन निर्देशक हेमराज विष्टले स्वागत मन्तव्य राखेका थिए।

बाजुराको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा र रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले बडीमालिका र रामारोशन क्षेत्रले न्याय पाएको बताए। धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र घोषणा गरिनुले स्थानीय आर्थिक समृद्धिको बाटो खुल्ने विश्वास उनीहरूले व्यक्त गरे।

घोषित संरक्षण क्षेत्रमा बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा नं। ५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिकाका वडा नं। ५, ६, ७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका वडा नं। १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नं। ४, ५ र ६ समेटिएका छन्।

उक्त वन संरक्षण क्षेत्रको कुल क्षेत्रफल ४९८।४ वर्ग किलोमिटर रहेको छ। वन संरक्षण क्षेत्र घोषणा गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोग गरेको थियो।

ताजा खबर

Actual Cash Ports Online PayPal: An Overview to Playing and Winning

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Казино Vavada анализ особенностей в 2026 году

Особенности казино Vavada в 2026 году аналитика Рекомендуется изучить актуальные показатели и функционал онлайн-ресурса, чтобы максимально эффективно использовать его возможности. Платформа демонстрирует стабильный рост действующих

अझै पढ्नुहोस्